२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा पुनः दोहोरिए भट्टराई

महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा पुनः दोहोरिए भट्टराई

 

काठमाडौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेशकुमार भट्टराईको पुनः दोहोरिएका छन् । कम्पनी स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत रहेका भट्टराईको पहिलो चार वर्षे कार्यकाल आगामी १६ पुसमा सकिंदैछ ।

उनलाई २३ मंसिर बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले अगामी १७ पुसदेखि लागु हुनेगरी दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । एसियन लाइफ र नेपाल लाइफ इन्स्योरेन्सको व्यवस्थापकीय नेतृत्व गरिसकेका भट्टराईसँग बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव पनि रहेको छ ।

कम्पनीले प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरको प्रारम्भिक सम्झौता गरी प्रक्रिया अगाडि बढाएको छ । मर्जरपछि बन्ने कम्पनीको सीईओ पनि भट्टराई नै हुने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij