२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

मन्त्रालय परिवर्तन गरिदिएपछि दीपक मनाङ्गेद्वारा मन्त्री पदबाट राजीनामा

मन्त्रालय परिवर्तन गरिदिएपछि दीपक मनाङ्गेद्वारा मन्त्री पदबाट राजीनामा

काठमाडौँ । दीपक मनाङ्गेको नामबाट चिनिएका गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री राजीव गुरूङले पदबाट राजीनामा दिएका छन् । सोमबार (१७ भदौ) मन्त्रिपरिषद् हेरफेरका क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मनाङ्गेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

उनले परिवर्तित राजनीतिक घटनाक्रममा कारण राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मनाङ्गे मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रदेशका मुख्यमन्त्री पाण्डेले सोमबार नेकपा (एमाले)का चार जना मन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij