२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

मंगलबार सेयर बजारमा गिरावट, कारोबार रकम समेत घट्यो

मंगलबार सेयर बजारमा गिरावट, कारोबार रकम समेत घट्यो

काठमाडौं, ५ चैतः  मंगलबार नेप्से परिसूचक ७.६६ अंक घटेर २६९७ अंकमा कायम भएको छ । आज नेप्से परिसूचक २७ सय अंक मुनि झरेको हाे ।

बजार ओरालो लागेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम ४ अर्ब ३४ करोड रुपैयाँमा सीमित रह्यो ।

८६ कम्पनीको सेयर मूल्य वृद्धि भए पनि १५२ कम्पनीको मूल्य घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो । अन्यबाहेकका सबै सेक्टरका सूचक घटेका छन्, जबकि अन्य समूह ०.११ प्रतिशतले बढेको छ ।

घटेका सूचकहरूमध्ये कुनै पनि १ प्रतिशतभन्दा बढी घटेन । बैंकिङ ०.१४, विकास बैंक ०.४२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३६, हाइड्रोपावर ०.१७, लगानी ०.४२, जीवन बीमा ०.७०, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.३१, व्यापार ०.६६ तथा निर्जीवन बीमा ०.५४ प्रतिशतले घटेका छन् ।

मिथिला लघुवित्त र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.९ प्रतिशतले उकालो लाग्दा, अपरसोलु हाइड्रो इलेक्ट्रिकको ७.७, भूगोल इनर्जीको ७.२, पाँचथर पावरको ४.१ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, सामुदायिक लघुवित्तको मूल्य ८.२ प्रतिशतले घट्दा, राप्ती हाइड्रोको सेयर मूल्य ७.७ प्रतिशतले ओरालो लागेको छ । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, नेपाल पुनर्बीमा, लाइफ इन्स्योरेन्स कर्पोरेसन, र नारायणी डेभलपमेन्ट बैंक क्रमशः अग्रस्थानमा रहेका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij