२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

भारतमा कोरोना प्रभाव बढ्दाे, एकैदिन ७३ को मृत्यु

भारतमा कोरोना प्रभाव बढ्दाे, एकैदिन ७३ को मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)काे प्रभाव बढ्दाे छ ।

अहिले सम्म  मृत्यु हुनेको संख्या एक हजार १४७ पुगेको छ । भारतमा  पछिल्लो २४ घण्टामा मात्रै  ७३ जनाको मृत्यु भएको छ ।

साथै कोरोना भाइरसबाट संक्रमितको संख्या पनि ३५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका एक हजार नौ ९९३ नयाँ संक्रमित फेला परेका छन् । यससँगै समग्र संक्रमितको संख्या ३५ हजार ४३ पुगेको छ । अहिलेसम्म भारतमा आठ हजार ८८९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १० हजार पाँच सय संक्रमित भइसकेका छन् भने ४५९ पुगेको छ । त्यस्तै गुजरातमा चार हजार ३०० भन्दा बढी संक्रमित फेला परिसकेका छन् भने २१४ जनाको मृत्यु भइसकेको छ ।

मध्य प्रदेशमा पनि दुई हजार ६०० भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिँदा १३७ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार २०३ जनामा संक्रमण देखिँदा ३९ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि सात सय ९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भइसकेको छ । बिहारमा अहिलेसम्म ४१८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने दुईजनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij