२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

ब्राजिलमा संक्रमित १० लाख नाघे, एकै दिन थपिए ५४ हजार भन्दा बढी

ब्राजिलमा संक्रमित १० लाख नाघे, एकै दिन थपिए ५४ हजार भन्दा बढी

कोरोना भाइरसका संक्रमितको संख्या १० लाख भन्दा बढी हुने ब्राजिल विश्वको दोस्रो देश बनेको छ । दक्षिण अमेरिकी देश ब्राजिल हाल कोरोना भाइरस महामारीको इपिसेन्टर बनेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ हजार भन्दा बढी संक्रमित थपिएका छन् । योसँगै ब्राजिलमा कुल संक्रमितको संख्या १० लाख ३२ हजार भन्दा बढी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।

यस्तै कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पनि लगातार बढी रहेको छ । लगातार चौथो दिन ब्राजिलमा १२ सय भन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म ब्राजिलमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४८ हजार ९५४ पुगेको छ ।

परीक्षण अति कम भएकाले संक्रमित हुनेको संख्या अहिले भनिए भन्दा धेरै हुन सक्ने विज्ञले बताएका छन् । विज्ञका अनुसार ब्राजिलमा महामारीले उच्च तह पार गर्न अझै केही हप्ता लाग्ने बताएका छन् ।

ब्राजिल भन्दा अमेरिकामा मात्रै संक्रमित तथा मृत्यु हुनेको संख्या धेरै छ । अमेरिकामा २२ लाख १९ हजार भन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये एक लाख १९ हजार भन्दा बढीको ज्यान गएको छ ।

ब्राजिलका गरिब तथा आदिवासी समुदाय महामारीबाट सबैभन्दा बढी प्रभावित भएका छन्। कोरोना भाइरस महामारी नियन्त्रणमा अति कमजोर प्रयास गरेको भन्दै राष्ट्रपति जायर बोल्सोनारोको गम्भीर आलोचना हुँदै आएको छ ।

सुरुमा बोल्सोनारोले कोरोना भाइरसको महामारीलाई ‘सामान्य फ्लू’ भन्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij