२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

बिहेको गिफ्टमा भेटियो बम भेटिएपछि………

बिहेको गिफ्टमा भेटियो बम भेटिएपछि………

भारतका ओडिशा राज्यको बलांगिर जिल्लास्थित पाटनगडमा विवाहपछि भएको रिसेप्शन पार्टीमा प्रदान गरिएको पार्सल गिफ्ट विष्फोट हुँदा बेहुला र उनकी दिदीको मृत्यु भएको छ । बेहुली गम्भीर घाइते भएकी छन् ।

बैंलोरमा सफ्टवेर इञ्जिनियर रहेका सौम्य शेखरको १८ फेब्रअरीमा सोनपुर नजिकको एक इलाकामा रीमासँग विवाह भएको थियो । त्यहीँ पाटनगडमा २० तारिखमा रिसेप्शन पार्टी राखिएको थियो ।

पार्टीपछि गिफ्टहरु खोल्ने क्रममा विष्फोट भएको थियो, जसमा बम राखिएको थियो । विष्फोटबाट शेखरसहित उनकी दिदीको मृत्यु भयो ।
बेहुली रीमा पनि गम्भीर छन् । उनको संबलपुरको बुर्ला मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनाको अनुसन्धानमा प्रहरी टोली परिचालित भएको छ । प्रहरी उपरीक्षक शिवा सुब्रमनीले बीबीसीलाई भनेका छन्, ‘क्षेत्रीय फोरेन्सिक ल्याबोटरीको टोलीले विष्फोटको जाँच गरिरहेको छ ।’

सुब्रमनीका अनुसार दुई विशेष अनुसन्धान टोली छत्तिसगढ र बैंलोर पनि पुगेको छ । यद्यपि, उक्त पार्सल रायपुरबाट आएको प्रहरीलाई सुराकी मिलेको छ । पुलिसले कुरियर कम्पनीको माध्यमबाट छत्तिसगढमा अपराधीसम्म पुग्नका लागि कोशिश गरिरहेको छ । अर्कोतर्फ प्रहरीले बैंलोरमा पनि एक टोली पठाएको छ, जहाँ शेखर काम गर्थें ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij