२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धारमा जुट्दै अखिल

बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धारमा जुट्दै अखिल

अखिल क्रान्तिकारीले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । 

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले अबिरल वर्षाका काण प्राकृतिक विपत्ती सृजना भएको भन्दै सबै नेता–कार्यकर्ताहरुलाई प्रभावित क्षेत्रमा परिचालन हुन निर्देशन दिएका हुन् ।

उनले भने, ‘बाढी प्रभावित क्षेत्रमा पुगेर जनतालाई राहत र उद्दार कार्यमा जुट्न संगठनका सबै नेता कार्यकर्तालाई निर्देशन दिएको छु । म आफै पनि प्रभावित क्षेत्रमा जान्छु ।’

उनले डुबान तथा पहिरोको समस्या समाधान गर्न र उद्दार तथा राहत कार्यमा सम्पूर्ण क्षेत्रलाई यथाशीघ्र परिचालन गर्न सरकारसँग माग पनि गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij