काठमाडौं । रेष्टुरेन्ट सञ्जाल बाजेको सेकुवाको १४औं शाखा अमेरीकाको टेक्सास राज्यको डालास शहरमा शुक्रबारबाट सञ्चालनमा आएको छ । लोकप्रिय नेपाली गायक शिव परियारको सांगितीक कार्यक्रमका बिच १३ डिसेम्बरमा नयाँ शाखाको समुद्घाटन गरीएको छ । टेक्सास राज्यमा बसोबास गर्ने नेपाली, भारतीय र नेपाली मौलिक स्वाद मनपराउने विदेशीलाई लक्षित गर्दै उक्त शाखा विस्तार गरेको बाजेको सेकुवाका अप्रेशन प्रमुख सञ्जिव तिमल्सिनाले जानकारी दिए ।
अप्रेशन प्रमुख तिमल्सिनाका अनुसार बाजेको सेकुवाले अमेरीकामा आफ्नो ट्रेडमार्क दर्ता गराई लाइसेन्स मोडेलमा उक्त शाखा संचालनमा ल्याइएको बताएका छन् । नयाँ शाखामा नेपाली र विदेशी गरी कम्तिमा २५ जनाले रोजगारी पाएका छन् । यस अघि अमेरिकाको न्युयोर्कमा लाइसेन्स मोडेलमा रेष्टुरेन्ट सञ्चालन भइरहेको छ ।
डालास लगत्त अष्ट्रेलिया र बेलायतमा पनि शाखा विस्तारको प्रक्रिया अगाडी बढिसकेको छ । नेपालमा थप नेपालगञ्ज, विराटनगर, र चितवनको मुग्लिनमा पनि शाखा विस्तार गर्ने तयारी भइरहेको छ । भर्खर भक्तपूरको गठ्ठाघर र ललितपूरको कुमारीपाटीमा पनि बाजेको सेकुवाका शाखाहरु सञ्चालनमा आएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij