२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

बस्नेतले गरे १३ ओटा वेवारिसे शवहरूकाे एकैसाथ दाहसंस्कार

बस्नेतले गरे १३ ओटा वेवारिसे शवहरूकाे एकैसाथ दाहसंस्कार

कसरी हुँदैछ शव दाहसंस्कारको प्रयाश, सहयाेगकाे निम्ति सबैमा अपिल

एक्सन फर सोसियल चेन्ज नामक संस्थाको आयोजनामा फागुन ३० गते ललितपुरको पाटन अस्पतालका १३ ओटा वेवारिसे शव दाहसंस्कार गरिएको छ ।
नेपालमा कोही पनि वेवारिसे बन्नु नपरोस् भन्ने मान्यताको साथ केही बर्ष पहिले देखि नेपालमा वेवारिसे शव व्यवस्थापनको काममा लाग्नुभएको विनय वस्नेतको पहलमा यस्तो कार्य गरिएको हो ।
आफ्नो व्यक्तिगत पहल तथा आर्थिक खर्चमा नै यस्तो प्रयाशमा लागेका बस्नेत नेपालमा कुलत र दुव्र्यसनीको विरुद्धमा सक्रिय रुपमा काम गर्दै आएका व्यक्ति समेत हुनुहुन्छ ।

नेपालमा आफूले स्वस्थ र चरित्रवान समाज निर्माणको वेवारिसे शव व्यवस्थापन तथा कुलत र दुव्र्यसनी विरुद्ध अभियान नै सञ्चालन गरी पहल गर्दै आएकोमा पछिल्लो समय यसलाई सफल बनाउनको निम्ति सुरक्षाकर्मी, अधिकारवादी संस्थाहरु, सञ्चार माध्यम लगायतबाट समेत सहयोग भएको र यसैकारण आफ्नो अभियान अहिले देशव्यापी रुपमा नै अघी बढिरहेको समेत बस्नेतले बताउनुभयो ।
विगतमा पाटन अस्पतालका शवहरु मात्र व्यवस्थापनको कार्य हुँदै आएकोमा अहिले भने आफ्नो कामबाट प्रभावित भई पछिल्लो समय काठमाडौं उपत्यकाका ३ ओटै अस्पताल (पाटन, भक्तपुर र टियु टिचिङ)का वेवारिसे शव व्यवस्थापनको जिम्मेवारी आफूलाई प्राप्त भएको समेत बताउँदै यसबाट आफूलाई अवसर र चुनौती दुवै थपिएको समेत बताउनुभएको छ ।

आफ्नो कामको परिणाम समेत देखेर समाजको लागि आवश्यक पर्ने समेत देखेको कारण पाटन अस्पतालमा भएका वेवारिसे शव व्यवस्थापनको निम्ति आफूले शुरु गरेको अभियानमा ललितपुर महानगरपालिकाले समेत जिम्मेवारी लिएको र यसबाट आफूलाई थप हौसला प्राप्त भएको समेत बस्नेतले बताउनुभएको छ ।

पछिल्लो समय नेपालका ७५ ओटै जिल्लामा रहेका ८४ ओटा अस्पतालका शव व्यवस्थापनको जिम्मेवारी आफूलाई प्राप्त हुन लागेको बताउँदै वेवारिसे शव व्यवस्थापनको निम्ति आफू अझ बढी प्रभावकारी रुपमा लाग्ने समेत ऊहाँले बताउनुभएको छ ।

अहिले पनि आफूले यस्ता गतिविधिहरु आफ्नो निजी खर्चबाट नै गर्दै आएको र आफूले पैतृक सम्पत्ति नै बेचेर भएपनि यस्ता कार्यमा संलग्न रहँदै आएको समेत ऊहाँले बताउनुभएको छ । अभियानलाई जुनसुकै अवस्थामा पनि अघी बढाउनेमा समेत ऊहाँ प्रतिवद्ध हुनुहुन्छ ।
अहिले सम्म बस्नेतले नेपालका ९१ ओटा वेवारिसे शवको दाहसंस्कार गरिसक्नुभएको छ भने तत्काल १२ ओटा शव महाराजगन्जको टिचिङ अस्पतालबाट व्यवस्थापन तथा दाहसंस्कार गर्न लाग्नुभएको छ ।

यस कार्यलाई थप गति दिनको निम्ति नेपाल प्रहरी र सम्बन्धित नगरपालिकालाई समेत आग्रह गर्दै यसको निम्ति सहज रुपमा प्रक्रिया मिलाउनको निम्ति आग्रह समेत गर्नुभएको छ । कुनै पनि शवलाई कुहिने अवस्थामा पुग्न दिन नहुने ऊहाँको धारणा छ ।

कहिले देखि भएको थिएन शव व्यवस्थापन कार्य ?
पछिल्लो समय पाटन अस्पतालबाट व्यवस्थापन गरिएका १३ ओटा शवहरु पुस देखि अहिले सम्मका हुन् । केही कानुनी तथा प्रक्रियागत झण्झटको कारण ती शवहरु समयमा व्यवस्थित तथा दाहसंस्कार गर्न सकिएको थिएन ।

वेवारिसे बन्ने क्रम जाडाेमा बढी हुने ः
पछिल्लो समय नेपालमा जाँड रक्सी खानेहरु बाटोमा नै सुत्ने गरेको यसबाट उनीहरुको मृत्यु हुने साथै आफन्त नभेटिने वा सम्पर्कमा नआउने भएको कारण वेवारिसे अवस्थामा नै दाहसंस्कार हुने गरेको बस्नेतको अनुभव छ । जाडो याममा यस्ता व्यक्तिहरु चिसोको कारण बढी मर्ने गरेको समेत बस्नेतले बताउनुभएको छ । यसैकारण वेवारिसे हुनेहरु पुस माघको समयमा बढी हुने समेत बस्नेतले बताउनुभएको छ ।

आफ्नो व्यक्तिगत पहलमा यस्तो कार्यमा संलग्न रहनुभएका बस्नेत वेवारिसे शव व्यवस्थापनको क्रममा हाल साढे ३ लाख भन्दा बढी रकम ऋणस्वरुप रहेको बताउनुहुन्छ । ऊहाँले पशुपति क्षेत्र, शंखमूल र गोदाबरी गरी ३ ठाउँका शव व्यवस्थापन मार्फत आफूले तिर्नुपर्ने रकम ती शवदाहन केन्द्रमा निकै नै भइसकेको भएपनि ती शव गृहहरुले आफूलाई विश्वासकै आधारमा शव दाहसंस्कारको निम्ति अनुमति दिने गरेका छन् । संस्थाको नियमित आर्थिक स्रोत नभएको कारण बस्नेत आफैंले व्यक्तिगत पहलमा नै शव व्यवस्थापन तथा कुलत विरुद्धको अभियानमा संलग्न रहँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij