पहिरोका कारण बिहानदेखि बन्द रहेको मुग्लिन–नारायणगढ सडकखण्ड अहिले खुलेको छ । 
दिउँसोदेखि खुलेको बाटोमा अहिले गाडी चलिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
बिहान ६ बजे चारकिलोमा पहिरो गएपछि गाडी रोकिएका थिए । बाटो खुले पनि गएरातिदेखिका गाडी रोकिएकाले बिस्तारै गाडी चलिरहेका छन् ।
पहाडको एक टुक्रा नै खसेकाले बाटो खुलाउन झण्डै ७ घण्टा लागेको थियो । हरेक दिन जाने पहिरोका कारण मुग्लिन नारायणगढ सडकको यात्रा कष्टकर बन्दै गएको छ । मंगलबार बिहान ५ बजेतिर खसेको पहिरो ११ घण्टा पछि बल्ल खुलेको थियो
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij