२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

बढी मूल्यमा सामान बिक्री गर्ने दुई पसल कारबाहीमा, डेली ग्रोसरीलाई दुई लाख जरिवाना

बढी मूल्यमा सामान बिक्री गर्ने दुई पसल कारबाहीमा, डेली ग्रोसरीलाई दुई लाख जरिवाना

 

काठमाडौं। दैनिक उपभोग्य वस्तुमा बढी मूल्य लिएर बिक्री गर्ने दुई पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ।

लकडाउनका अवधिमा खाद्य वस्तुमा मूल्यवृद्धि गरी बिक्री गरेकाले महांकालस्थित डेली ग्रोसरी प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ।

अधिकतम खुद्रा बिक्री मूल्य समावेश गरिएको सामान दोब्बर मूल्यमा बिक्री गरेको भेटेपछि कारबाहीस्वरुप जरिवाना गराइएको विभागका अनुगमन निरीक्षक दीपक पोख्रेलले जानकारी दिए। उनका अनुसार आजै इमाडोलस्थित दीपशिखा स्टोर्समा खरिद बिल नभएकाले ५० हजार रुपैयाँ जरिवाना गराइएको छ।

अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना गरिएको पोख्रेलले जानकारी दिए। विभागले बुधबार बढी मूल्यमा किराना सामग्री बिक्री गरेकाले सीतापाइलास्थित बुद्धबजार प्रालिलाई दुई लाख जरिवाना तिराएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij