नेपाल बजार बिक्री प्रतिनिधि संघ, प्रदेश नम्बर ३ को चौथो अधिवेशन सम्पन्न भएको छ । चौथो अधिवेशनबाट कुमार तिमल्सीनाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । यसैगरी कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सैलेस बुढाथोकी ,सचिब प्रदिप धिताल , सहसचिब अंकुर कोइराला ,कोषाध्यक्ष मुरारी घिमिरे, सदस्यहरु नवराज चौलागाँइ , सुबास श्रेष्ठ, सुजन श्रेष्ठ, नवराज देवकोटा, नवराज लामिछाने पुष्कर दाहाल, अनन्त के।सी, मदन श्रेष्ठ, सुसिला नेपाल, बिकास थापा ,किशोर कुँवर, इन्द्र प्रसाद सिल्वाल बिजयी भएका छन् । 
नेपाल उद्योग वाणिज्य संघ (३ नम्बर प्रदेश)का अध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अधिवेशनमा विभिन्न संघसंस्था एवं व्यावसायिक क्षेत्रका प्रतिनिधिहरुको ठूलो उपस्थिति रहेको थियो ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि दिनेश श्रेष्ठले उद्योगबाट उत्पादित बस्तुको बजारीकरणमा बजार प्रतिनिधिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । पछिल्लो समय राज्य अनुदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा अघी बढेको र यो उक्त कार्य स्वागतयोग्य भएपनि त्यसमा केही कमजोरी रहेको बताउँदै ऊहाँले नेपालका दर्तावाल लाखौं कम्पनी मध्ये हाल २५ सय कम्पनी मात्र सामाजिक सुरक्षा कार्यक्रममा सहभागि हुनु दुखद रहेको समेत बताउनुभयो ।
कार्यक्रममा बोल्ने क्रममा नेपाल वितरक संघ (काठमाडौं)का अध्यक्ष दुर्गाराज श्रेष्ठले विक्री तथा बजारीकरण क्षेत्र निकै राम्रो सम्भावना बोकेको क्षेत्रको रुपमा रहेको बारे आफ्नो धारणा प्रस्तुत गर्नुभयो । बजारीकरणमा धेरै समस्याहरु रहेपनि र ती समस्या समाधानमा सम्बन्धित सबै पक्ष बीच आपसी समन्वयन हुनुपर्ने कुरामा समेत श्रेष्ठले जोड दिनुभएको छ ।
बजारीकरण क्षेत्रमा बिना अध्ययन र अनुभव सेल्सबाट छिरेको व्यक्ति ५ बर्षमा नै महाप्रबन्धक बन्न सक्ने अवस्था हुँदाहुँदै र तुलनात्मक रुपमा जुनसुकै पदमा रहेपनि राम्रो आर्थिक उपलब्धि हासिल गर्न सकिने अवस्था हुँदाहुँदै पनि राम्रो अध्ययन भएका शैक्षिक जनशक्ति यस क्षेत्रमा प्रवेश गर्ने वातावरण बन्न नसक्नु दुखद रहेको श्रेष्ठको धारणा छ ।
कार्यक्रममा बोल्दै संघका निवर्तमान महासचिव केसर बहादुर जिसीले अब देशभरका बजार तथा विक्री प्रतिनिधि एक हुनुपर्ने र उद्योगधन्दाको रक्षा गरी रोजगारी वृद्धिमा केन्द्रित हुनुपर्नेमा केन्द्रित रही आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
संघका पुर्व अध्यक्ष ऋषि अधिकारीले संघकाे विगत, वर्तमान अवस्था र अागामी याेजना एवं संरचना र बजारकाे अवस्थाबारे बताउँदै यस क्षेत्रमा काम गरिरहेका बजार प्रतिनिधिहरूलाइ निरन्तर रूपमा काममा लागिरहन विशेष हाैसला प्रदान गर्नुभयाे ।
कार्यक्रमकाे स्वागत नवराज भुर्तेलले गर्नुभएकाे थियाे, समापन सभापति दिनबन्धु अधिकारीबाट भएकाे थियाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij