२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

बजाज ग्राण्ड एक्सचेन्ज मेला हुँदै

बजाज ग्राण्ड एक्सचेन्ज मेला हुँदै

काठमाडाैं, २१ फागुनः नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले  बजाज ग्राण्ड एक्सचेन्ज मेला आयोजना गरिरहेकाे छ । यही फागुन २० देखि २६ गतेसम्म बालाजु स्थित मनकामना ट्रेड लिङ्कमा एक्सचेन्ज मेला सञ्चालन भईरहेको छ ।  ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्नो साधन अपग्रेड गर्न सक्नेछन् ।

यस एक्सचेन्ज मेलामा ग्राहकहरूले मात्र नागरिकताको आधारमा सजिलै बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन् । कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लैजान सकिने यस एक्सचेन्ज मेलामा अतिरिक्त रू.१०,०००/- भ्यालुएसन प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै, अन–द–स्पट फाइनान्स सुविधा अन्तर्गत ९.९९% ब्याजदर र ३६ महिनासम्मको किस्ता अवधिका साथ बाइक खरिद गर्न सकिने सुविधा रहेकाे अयाेजाकले जनाएकाे छ । । नयाँ जीवनको तयारी बजाजको सवारी भन्ने ट्यागलाईनको साथ सन्चालन भइरहेको यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरुले रू.७०००/- सम्मको नगद छुटसमेत प्राप्त गर्न सक्नेछन् ।

बजाज ग्राण्ड एक्सचेन्ज मेलामा निःशुल्क एसेसारिज (हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्याग आदि) पनि प्रदान गरिनेछ । साथै, ०% सर्भिस चार्जको विशेष सुविधा पनि रहेकाे छ  ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij