२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक

बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक

काठमाडौं, २७ चैत्रः नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नयाँ र रोमाञ्चक क्याम्पेन ‘खुसीको मिटर’ सार्वजनिक गरेको छ । यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको छ जसअन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत रु. १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरु जित्ने अवसर पाउने भएको हो ।

बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ जसअन्तर्गत जो कोही पनि सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरु जित्न सक्नेछन् । उक्त उपहार प्राप्त गर्न भने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ ।

तर मुख्य आकर्षण भने अझै बाँकी नै रहेको छ । क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि अर्को चरणको गेम पनि शोरूममा नै खेल्न पाउनेछन् । यो इन–स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको “खुसीको मिटर” रोकेर रु. १ लाखसम्मको नगद पुरस्कार जित्न सक्नेछन् ।

“‘खुसीको मिटर’ केवल एक प्रचारको लागि अफर मात्र नभइ यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने हाम्रो प्रयास हो,” बजाजको आधिकारिक वितरक गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले आफ्नो विचार राख्दै भने । “नयाँ वर्षको सुरुवातमा ग्राहकलाई नयाँ सवारी मात्र नभइ किन्ने अघि र पछि पनि जित्ने अवसर दिन हामी उत्साहित छौं ।”
यो क्याम्पेन हाल नेपालभरका सबै आधिकारिक बजाज शोरूमहरूमा र बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij