२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

प्राधिकरणका अध्यक्ष ओझाको मुद्दाःअन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाइयो

प्राधिकरणका अध्यक्ष ओझाको मुद्दाःअन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाइयो

काठमाण्डौ, २१ चैतः  बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष पदमा नियुक्त भएका शरद ओझाको नियुक्ती गैर कानुनी भन्दै परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाउन आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा. नहकूल सुवेदीको एकल इजलासले कारण देखाउ जारी गर्दै अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन भनिएको छ ।

अधिवक्ता इन्दिरा धमलाको माग बमोजिमको अन्तिम आदेश जारी गर्नु किन नपर्ने हो ? भन्दै सरकारलाई उपस्थित हुन सर्वोच्च अदालतले आदेश जारी गरेको हो । अबको पेशीमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सम्बन्धमा छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij