प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको बर्तमान तथ्यलाई उजागर गर्दै कविता लेख्नुभएको छ । अब आँसु खसाउनु पर्दैन भन्ने शीर्षकमा लेख्नुभएको कविता यस्ताे छ ।
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
नेपाली मर्नु पर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाल्नु पर्दैन ।
०००
सामाजिक न्याय र समानता
अधिकार सम्पन्न जनता
मेची९काली पहाड तराई
निर्भय वातावरण सुरक्षित नारी
अब आधुनिकतामा बढ्यो नेपाल
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन ।
०००
फाटोका खेती कुहिन्छन्स्वा
र्थी हिंसा तुहिन्छन्
अब चेलीका चुरा फुट्दैनन्
कोही टुहुरा पर्दैनन्
गणतन्त्र हो यो गणतन्त्र
शक्तिका स्रोत जनताकोजनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन ।
केपी शर्मा ओली (प्रधानमन्त्री)
(मे १, २०२०, बिहान २ : ३० बजे)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij