काठमाडाैं, ४ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नयाँ नेतृत्वले ११औं महाधिवेशन र राष्ट्रिय नागरिक सम्मेलनमा पारित २१ बुँदे घोषणापत्र प्रस्तुत गरेको छ।
आज काठमाडौँको प्रधानमन्त्री निवास, बालुवाटारमा महासङ्घका अध्यक्ष अर्जुनकुमार भट्टराई र अन्य सदस्यहरूले प्रधानमन्त्री ओलीलाई घोषणापत्र बुझाएका थिए। यस घोषणापत्रमा सामाजिक संस्थाहरूसँग सम्बन्धित नीति र कानूनी सुधार, नेपाल विकास सम्मेलनको आयोजना जस्ता महत्वपूर्ण बुँदाहरू समेटिएका छन्।
यस अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वलाई बधाई व्यक्त गर्दै सामाजिक रुपान्तरण र विकासका क्षेत्रमा सफलता प्राप्त गर्नका लागि शुभकामना दिए। उल्लेखनीय छ कि महासङ्घको ११औं महाधिवेशन, फागुन २५ देखि २७ गतेसम्म काठमाडौँमा आयोजना भएको थियो, जसमा अर्जुनकुमार भट्टराईको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij