२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

प्रधानमन्त्री ओलीको ट्विट : भण्डारीकै कारण राजनीतिक परिवर्तन संस्थागत भएको दावी

प्रधानमन्त्री ओलीको ट्विट : भण्डारीकै कारण राजनीतिक परिवर्तन संस्थागत भएको दावी

प्रधानमन्त्री ओलीको ट्विट : भण्डारीकै कारण राजनीतिक परिवर्तन संस्थागत भएको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारीकै कारण राजनीतिक परिवर्तन संस्थागत भएको बताएका छन् । उनले अब मुलुकको आर्थिक समृद्धिको यात्रामा अग्रसर हुनुपर्ने भन्दै सबैलाई आव्हान पनि गरेका छन् ।

जननेता मदन भण्डारीको ६७ औं जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक संजाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

ट्वीट गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘नेपाली कम्युनिस्ट आन्दोलनका मौलिक सिद्धान्तकार जननेता मदन भण्डारीको ६७ औं जन्मजयन्तीका अवसरमा दिवंगत जननेताप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । उहाँको मार्गदर्शनकै आधारमा राजनीतिक परिवर्तन संस्थागत भएको छ । अव मुलुकको आर्थिक समृद्धि यात्रामा अग्रसर हुन सवैमा आव्हान गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij