काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ओली सरकारलाई लोकतन्त्रको हत्यारा भनेका छन् । उनले सिंगो देश एकढिक्का भएर कोरोनाविरुद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नुलाई सरकार रसतालतिर भाँसिएको टिप्पणी गरेका छन् ।
डा. भट्टराईले ट्वीटमार्फत् जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भएपनि यो लोकतन्त्रविरुद्ध गम्भीर अपराध भनेका छन् ।
उनले लेखेका छन्, ‘सम्पूर्ण देश एकढिक्का भएर केरोनाबिरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो।जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्रविरूद्ध गम्भीर अपराध हो।देश थप संकटमा फस्दैछ ! लोकतन्त्रका हत्यारादेखि सावधान !’

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij