२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

प्रदेश-२ मा पीसीआर परीक्षण गर्ने भीटीएम किट्स अभाव

प्रदेश-२ मा पीसीआर परीक्षण गर्ने भीटीएम किट्स अभाव

जनकपुरधाम- सबैभन्दा बढी कोरोना संक्रमित रहेको प्रदेश-२ मा भीटीएम किट्स अभाव भएपछि स्वाब संकलनमा कठिनाइ भएको छ।

स्वास्थ्य निर्देशनालय प्रदेश-२ का वरीष्ठ स्वास्थ्य प्रशासक विजय झाले प्रदेशमा पीसीआर परीक्षण गर्न आवश्यक भीटिएम किट्सको अभाव भएको स्वाब संकलनमा कमी आएको बताए। उनले भने, ‘स्वाब अत्याधिक भएकोले ल्याबबाट समेत अहिले स्वाब पठाउन नभनेको र भीटिएम किट्सको समेत अभाव हुन थालेको छ, त्यसैले अहिले स्वाब कलेक्शनमा कमी आएको छ।’

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ को ८ जिल्ला मध्ये ४ वटा जिल्लामा पछिल्लो २४ घण्टामा कसैको स्वाब कलेक्सन भएको छैन भने बाँकी ४ वटा जिल्लामा कुल २ सय ११ जनाको स्वाब मात्र कलेक्शन भएको  जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा सिरहा, महोत्तरी, सर्लाही र रौतहटमा एकजनाको पनि स्वाब कलेक्शन भएको छैन्। त्यस्तै सप्तरीमा ५३, धनुषामा ९९, बारामा ३५ र पर्सामा २४ जनाको मात्र स्वाब कलेक्शन भएको छ ।

यता, प्रदेशभरमा अहिले सम्ममा ४२ हजार २ सय १७ जनाको स्वाब कलेक्शन गरेकोमा ३ हजार ५ सय ७३ जनाको रिपोर्ट आउन अहिलेपनि बाँकी रहेको छ। सप्तरीमा अहिले सम्ममा ४ हजार १ सय ६८ जनाको स्वाब कलेक्शन भएकोमा ४ सय ३८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

त्यस्तै सिरहामा २ हजार ४ सय ५४ जनाको स्वाब संकलन गरिएकोमा ५ सय ४४, धनुषामा ४ हजार १ जनामा ३ सय ६८,  महोत्तरीमा ३ हजार ४ सय २० जनामा ५ सय ९५, सर्लाहीमा ५ हजार ९२ जनामा २ सय ४९, रौतहटमा १३ हजार १ सय ३७ जनामा ७ सय ९१ जना रहेका छन्।

यस्तै बारामा ३ हजार २ सय ६५ जनामा २ सय ३२ र पर्सा जिल्लामा ६ हजार ६ सय ८ जनाको स्वाब संकलन भएकोमा १ सय २८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ। प्रदेश २ मा अहिले सम्ममा कुल ३ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमा १ हजार ५ सय ९० जना डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij