२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

प्रदेश २ मा एकैदिन थपिए २०४ जना कोरोना संक्रमित

प्रदेश २ मा एकैदिन थपिए २०४ जना कोरोना संक्रमित

वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा मात्रै २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरीमा ६, सिराहामा १३, धनुषामा २२, महोत्तरीमा ४४, सर्लाहीमा ४३, रौतहटमा ६८ र बारामा ८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–२ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सप्तरीको छिपरमाई गाउँपालिकाको क्वारेन्टिनमा १ जना महिलासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी सिराहाको सिराहा नगरपालिका स्थित सत्यनारायण सूर्य नारायण मरबैता यादव क्याम्पसको क्वारेन्टिनका ११ जना, बरियारपट्टी माध्यमिक विद्यालयमा १ जना र खुशीपुरमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिकामा सञ्चालित क्वारेन्टिनका ६ जना महिलासहित ३१ जना र मनरा सिसवा नगरपालिकामा सञ्चालित क्वारेन्टिनका १३ जनामा काेराेना संक्रमण देखिएको छ ।

सर्लाहीको रामनगर गाउँपालिकास्थित क्वारेन्टिनका १० जना, कविलासी गाउँपालिकाको क्वारेन्टिनका ५ जना, चन्द्रनगर गाउँपालिकको क्वारेन्टिनका १० जना, कौडेना गाउँपालिका क्वारेन्टिनका २ जना र हरिवन नगरपालिकामा १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

रौतहटको घिउरा, गौर, राजपुर, टिकुलिया र परोहा लगायतका स्थानका ६८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने बुधबार नै बारामा ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij