२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

प्रतिनिधिसभाका तीन समितिका सभापतिमा अनिवार्य महिला

प्रतिनिधिसभाका तीन समितिका सभापतिमा अनिवार्य महिला

प्रतिनिधिसभाका तीन समितिका सभापतिमा अनिवार्य महिला

प्रतिनिधिसभाका १० वटा विषयगत समितिमध्ये कम्तीमा तीन समितिका सभापतिमा अनिवार्य महिला उम्मेद्वार हुने भएका छन् । 

प्रतिनिधिसभा नियमावलीले कम्तीमा एक तिहाई महिला सभापति हुनुपर्ने बाध्यकारी व्यवस्था गरेका कारण कम्तीमा ३ समितिको सभापति महिलाले नेतृत्व गर्ने अवसर प्राप्त गरेका हुन् ।

प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्न्ध, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानवअधिकार समिति कायम गरिएका छन् । त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत, राज्य व्यवस्था, महिला तथा सामाजिक, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समिति गरी १० वटा समिति कायम गरिएका छन् ।

यी बाहेक तीनवटा विशेष समिति हुन्छन् । संसदीय सुनुवाई, महाअभियोग र विशेषाधिकार समिति पनि बन्नेछन् । यी सहित कम्तीमा ४ समितिको सभापति महिलालाई बनाउनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij