
पाेखरा। पोखरामा उपचाररत एकजना पुरुषकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
६२ वर्षीय ती पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो ।
उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका थिए ।
साउन १७ गते अस्पताल भर्ना गरिएका उनी पाेखराकै स्थानीयवासी हुन् ।
उनकाे आईसीयूमा उपचार हुँदै आएको थियो । उनी डायबिटिजबाट समेत पीडित थिए ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij