नेपालमा क्लाउड कम्प्युटिङ सम्बन्धि काम गर्ने कम्पनी जेनेस सफ्टवेयर सोलुसनसँगको मुख्य सहकार्यमा हुने प्रदर्शनीमा देशभरबाट दुई सयभन्दा बढी नवउद्यमी तथा स्टार्टअपहरू सहभागी गराउने आयोजकको लक्ष छ । यसबाट स्टार्टअप कम्पनीहरुको व्यवसाय प्रवर्धनमा सघाउ पुग्ने अपेक्षा समेत गरिएको छ ।
बिजस्टार्ट नाम दिइएको विशेष कार्यशालामा नेपालका स्टार्टअपका संस्थापकहरूले विशेषज्ञहरू मार्फत आफ्नो व्यवसायमा उपयोगी हुने गुगलका विभिन्न व्यापारिक प्रविधिहरु सहज रुपमा सिक्न तथा त्यसको प्रयोग मार्फत आफ्नोे व्यवसाय विस्तार गर्न सक्नेछन् ।
बिजफेस्ट विश्वका विभिन्न देशहरुमा वार्षिक रुपमा आयोजना हुने कार्यक्रम हो । आयोजक बिजनेस ग्रुप काठमाडौंका प्रवन्धक अमित अग्रवाल देशभरका स्टार्टअपहरुलाई एकै स्थानमा ल्याउने गरी कार्यक्रमको आयोजना गर्न पाउँदा अत्यन्तै उत्साहित रहेको बताए । ‘नेपालमा स्टार्टअपको क्रम भर्खरै मात्र सुरु भएको छ,’ उनले भने, ‘समाजमा विद्यमान विभिन्न चुनौतीमै अवसर देखेर समाधानको रुपमा स्टार्टअपहरु सुरु भइरहेका छन् ।’
स्टार्टअपहरुसँग महँगो प्रदर्शनी हलमा आफ्ना सेवाको प्रचार गर्ने क्षमता र स्रोतसाधन नहुने भन्दै अग्रवालले उनीहरुलाई निःशुल्क प्रदर्शनीको मौका दिन बिजस्टार्टको आयोजना गरिएको बताए । ‘यसबाट उनीहरु संभावित ग्राहकसँग जोडिने अवसर समेत प्राप्त गर्ने विश्वास हामीले लिएका छौँ,’ उनले भने ।
मेलामा देशभरबाट सहभागी स्टार्टअपहरूले आफ्नो उत्पादन र सेवाहरुको प्रदर्शन गर्नेछन् । कार्यक्रममा गुगलका प्रविधिमा चासो राख्ने तथा स्टार्टअप गर्न चाहने दश हजार भन्दाबढीले मेलाको अवलोकन गर्ने अपेक्षा आयोजकले राखेको छ ।