२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

पार्टी विधान टुङ्गाे लगाउन नेकपाकाे वैठक बस्दै

पार्टी विधान टुङ्गाे लगाउन नेकपाकाे वैठक बस्दै

काठमाडौं,  नेपाल कम्युनिस्ट  पार्टी (नेकपा)को सचिवालयको बैठक केहीबेर पछि  बस्दैछ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहन ९:00 बजे बस्ने बैठकमा पार्टी विधान मस्यौदाका बारेमा छलफल हुने बुझिएको छ । 

यस अघि बसेको स्थायी समितिको बैठकले पार्टी बिधानका सम्बन्धमा आवश्यक सुझाव सहित मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिएको थियो । सो अनुसार सचिवालयले विधान मस्यौदा बैठकमा पेश गर्ने भएको छ । बैठकले पार्टी बिधानको टुंगो लगाउदै त्यसको छलफलका लागि स्थायी समितिमा पेश गर्ने भएको छ । सो पार्टीको स्थायी समितिको बैठक संभवत बिहीबार दिउसो बस्नेछ ।

आजको सचिवालयको बैठकले स्थायी समितिका छलफलका एजेण्डा समेत तयार गर्ने भएको छ । सरकारको कामको समीक्षा, पार्टीका बिभिन्न तहका एकीकरण लगायतका बिषयमा छलफल हुने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij