२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

पर्यटन प्रवद्र्धनको निम्ति स्पष्ट नीति र व्यावसायिक एकता आवश्यक : नाट्टा महासचिव

पर्यटन प्रवद्र्धनको निम्ति स्पष्ट नीति र व्यावसायिक एकता आवश्यक : नाट्टा महासचिव

रमेश थापा महासचिव नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)

नेपालमा पर्यटनको अवस्था निकै राम्रो छ । पछिल्लो समय नेपाल पनि सूचना प्रविधिमा अभ्यस्त हुँदै गएको छ । अहिले विश्व प्रविधि सञ्जालले आपसमा जोडिएको छ । पछिल्लो समय सूचना प्रविधिको कारण नयाँ–नयाँ अवसरहरु सृजना भएका छन् । पर्यटन क्षेत्रमा पनि यसले निकै सहयोग पुगेको छ ।
नेपालमा पर्यटनमा निकै राम्रो सम्भावना भएको कारण यस क्षेत्रमा लगानी बढिरहेको छ । यहाँ एकातिर नेपालीहरुले नै आफ्ना क्षमता बमोजिम सामुहिक लगानीमा स्तरीय होटलहरु निर्माणलाई तीव्रता दिएका छन् भने नेपालमा विदेशी चेन होटलहरुको समेत प्रवेश हुने क्रम बढिरहेको छ । यो नेपालको लागि सकारात्मक पक्ष हो । यस क्षेत्रमा भविष्य राम्रो रहेकै कारण पर्यटन क्षेत्रमा लगानी बढेको हो । नेपालमा विदेशी चेन होटलहरु प्रवेश गर्नुले नेपालमा क्षमता र गुणस्तरीयता बारे विश्वास दिलाउने हुँदा विश्वबजारबाट नेपालको गुणस्तरीय पर्यटन प्रवद्र्धनमा निकै सहयोग पु¥याउँछ । अन्तराष्ट्रिय जगतमा नेपाल बारे निकै राम्रो सन्देश प्रवाह हुन्छ ।

राम्रो सेवा प्रवाह गर्नुपर्छ :
नेपालमा पहिलेको अनुपातमा अहिले विदेशी वायु सेवा प्रदायक कम्पनीहरुको आगमन समेत बढेको छ । विदेशी पर्यटकहरु नेपालमा आउने क्रममा उनीहरुलाई अझ राम्रोसँग व्यवस्थापन गर्न सक्ने हो भने नेपालको पर्यटन क्षेत्रले राष्ट्रको अर्थतन्त्रलाई माथि उठाउन निकै महत्वपूर्ण भूमीका निर्वाह गर्न सक्छ ।

विगतलाई फर्केर हेर्दा :
हामीले विगत ३० बर्ष पहिलेको नेपालको पर्यटन क्षेत्र र अहिलेको पर्यटन क्षेत्रलाई तुलना गरेर हेर्ने हो भने अहिले यस क्षेत्रमा निकै नै प्रगति भएको पाउन सकिन्छ । नेपालले यत्ति छिट्टै यस्तो राम्रो तवरले फड्को मार्न सक्ला भनेर हामीले सोचेका नै थिएनौं । तर समय र परिस्थिति बमोजिम नसोचेको कुरा पनि सम्भव हुँदो रहेछ । जहाँ सम्म अबका दिनमा नेपालको पर्यटन क्षेत्रमा सम्भावनाको कुरा छ, यसमा दुइओटा कुरा महत्वपूर्ण रहन सक्छन् ।

अबको बजार :
अबको बजारले गति लिने क्रममा यहाँका सम्भावनाहरु मध्ये एउटा भनेको आफैं विभिन्न वस्तुहरु उत्पादन गरी ती वस्तुको विक्रीबाट आर्थिक उपार्जन गर्न सकिन्छ भने अर्को कुरा हामीले अरुले उत्पादन गरेका प्रडक्टहरुको मध्यस्थकर्ताको रुपमा रही काम गर्न पनि सकिन्छ । व्यवसायलाई जसले बढी समस्यामूलक वा जोखिममूलक मान्छन्, उनीहरुले मध्यस्थकर्ताको रुपमा रही काम गर्नु बढी उपयुक्त देखिन्छ भने अलि बढी जोखिम लिन तयार हुने व्यक्ति भने आफैं उत्पादनमुलक कार्यमा लाग्नु उपयुक्त देखिन्छ । पर्यटनको क्षेत्रमा रहेर उत्पादनशिल क्षेत्र भन्नाले अलि लगानी गर्नुपर्ने क्षेत्रहरु जस्तै, होटल, ट्रान्सपोर्ट, भौतिक वस्तुहरु, कलाकृतिहरु, अर्गानिक वस्तुहरु, आफ्नो पहिचान झल्कने वस्तुहरु लगायतलाई लिन सकिन्छ ।

प्राकृतिक पर्यटनमा विश्वव्यापी आकर्षण बढ्दो :
नेपालको पर्यटन क्षेत्र आफैंमा प्राकृतिक संरचनामा आधारित छ । यहाँका संरचनाहरु प्राकृतिक नै रहेका हुनाले यी संरचनाहरुले विदेशी पर्यटकहरुलाई निकै राम्रो तवरले आकर्षित गर्न सक्छन् । यसैकारण नेपालमा अहिले ट्राभल, एजेन्सी, टे«किङ, एड्भेन्चर, ग्रामीण पर्यटन लगायतका विविध क्षेत्रमा युवाहरुको आकर्षण बढ्दै गएको छ । नेपालको परिप्रेक्ष्यमा निकै कम लगानीबाट नै काम गर्न सकिने र यस क्षेत्रको केही समयको अनुभव लिएर काम गर्न सकिने भएको कारण नेपाली युवाहरु समेत आकर्षित भएको बुझ्न सकिन्छ ।
बा

ह्य क्षेत्रबाट समेत प्रयाप्त सहयोग :
अहिले पर्यटन क्षेत्रमा काम गर्ने कम्पनीहरु बढेका छन् । पछिल्लो समय नेपालमा उद्यम गर्न चाहने युवाहरुलाई सहज रुपमा बैंकहरुले कर्जा सुविधा समेत उपलब्ध गराइरहेका छन् । जसले गर्दा नयाँ आउन चाहने युवाहरुलाई समेत हौसला मिलेको छ ।
नेपालमा एड्भेन्चरमा समेत निकै नै राम्रो छ । यहाँको प्राकृतिक सुन्दरतामा जोखिमपूर्ण कार्यमा संलग्न हुन विश्वभरका मानिसहरु आकर्षित छन् । पछिल्लो समय एड्भेन्चरमा मानिसहरुको आकर्षण निकै नै बढेको पाउन सकिन्छ ।
विश्वका अन्य देशहरुमा पनि एड्भेन्चर सेवा उपलब्ध भएपनि उक्त सेवा मानवनिर्मित अर्थात कृत्रिम संरचनामा आधारित छ । तर नेपालमा भने प्राकृतिक सुन्दरतामा आधारित रहेको पर्यटनलाई थप गति दिन अबका दिनमा साहसी, धार्मिक तथा साधारण पर्यटकीय गतिविधिहरुलाई कसरी अघी बढाउने भन्ने सम्बन्धमा व्यवसायीहरुले समेत नयाँ उपायहरु सोच्नुपर्ने आवश्यकता रहन सक्छ ।

शैक्षिक संस्थाहरुबाट गुणस्तरीय जनशक्ति उत्पादन हुँदै :
अहिले नेपालमा पर्यटन क्षेत्रलाई आवश्यक जनशक्ति उत्पादनको निम्ति विभिन्न शैक्षिक संस्थाहरुको योगदान पनि निकै महत्वपुर्ण छ । नेपालमा सरकारी स्तरमा नाथमले पनि लामो समय देखि पर्यटन प्रवद्र्धनमा सहयोग मिल्ने किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । निकै धेरै सङ्ख्यामा निजी कलेजहरु छन् । छोटो अवधिका तालिम प्रदायक संस्थाहरुको समेत महत्वपूर्ण भूमीका छ ।

अन्त्यमा :
हामीले अब नेपालमा टे«डलाई व्यवस्थित गर्नु जरुरी छ । हाम्रो ध्यान अब टे«डमा भएका सिण्डिकेटहरु तोड्ने तर्फ केन्द्रित हुनुपर्छ । नेपाल परम्परा देखि स्वागत सत्कारमा अगाडि छ । यद्यपि यसलाई निरन्तरता दिँदै नेपालको भौतिक पूर्वाधार विकासको निम्ति विभिन्न संस्थाहरु आपसमा सङ्गठित भई अघी बढ्नुपर्छ ।

 

को हुन् रमेश थापा ?
हाल नाट्टाका महासचिव समेत रमेश थापाले सन् १९९८ मा मुनसन ट्राभल स्थापना गरेका हुन् । हाल सम्म उनले टिकटिङमा आधारित रही पर्यटन क्षेत्रमा संलग्न रहँदै आएका छन् । विश्वव्यापी रुपमा नै टिकटिङको काम गर्दै आएका उनले हाल आन्तरिक उडानको निम्ति बुद्ध एयरको टिकट बढी विक्री हुने गरेको उनी बताउँछन् । यसैगरी बाह्य उडानहरु मध्ये कतार, टर्किस लगायतमा राम्रो कारोबार हुँदै आएको उनी बताउँछन् ।
युवा उद्यमीको रुपमा पहिचान बनाइसकेका थापा भिलेज टुरिज्म फोरमको सदस्य तथा नेपाल माउन्टेइनरिङ एण्ड रक क्लाइम्बिङमा संस्थापक कोषाध्यक्ष रही कार्यअनुभव समेटेका व्यक्ति पनि हुन् । उनी समयानुकुल आफ्नो व्यवसायलाई नयाँ तवरले अघी बढाइरहेका छन् । आफु संलग्न क्षेत्रमा रमाउन सकेमात्र त्यसबाट राम्रो लाभ लिन सकिन्छ । थापाले पनि यस्तै अनुभव गरेका छन् । पर्यटन क्षेत्रमा लामो समय बिताइसकेका उनले पर्यटन क्षेत्रलाई समेत मनोरञ्जनको एउटा पाटोको रुपमा अनुभव गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij