२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

न्युजिल्यान्डमा नेपालीको मृत्यु

न्युजिल्यान्डमा नेपालीको मृत्यु

अस्ट्रेलिया — न्युजिल्यान्डको अकल्यान्डमा नेपाली युवकको मृत्यु भएको छ । न्युजिल्यान्ड, एनआरएनए पदाधिकारीका अनुसार अध्ययनका क्रममा रहेकी श्रीमती भेट्न करिब ३ साताअघि अकल्यान्ड आएका २५ वर्षीय आशिक परियारको शव झुन्डिएको अवस्थामा स्थानीय पार्कमा फेला परेको थियो ।

पारिवारिक तनावका कारण घटना भएको हुन सक्ने स्रोतले उल्लेख गरेको छ । एनआरएनए, न्युजिल्यान्डका महासचिव रामराज ओलीका अनुसार प्रहरीले मृतक परियारको शव लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको पाइएको छ । परिवारको चाहनाअनुसार शव अन्तिम संस्कारका लागि नेपाल पठाउने पहल भइरहेको एनआरएनए, न्युजिल्यान्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij