२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेवाः विश्वविद्यालय स्थापनामा सहकार्य गरौं: मेयर चिरिबाबुलाइ बालेनकाे प्रस्ताव

नेवाः विश्वविद्यालय स्थापनामा सहकार्य गरौं: मेयर चिरिबाबुलाइ बालेनकाे प्रस्ताव

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले एक्लाएक्लै गर्न नसक्ने काममा सहकार्य हुनुपर्ने प्रस्ताव राखेका छन् ।

मेयर साहले उपत्यकाको कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाः सम्बन्धी विश्वविद्यालय आवश्यक पर्ने बताए ।

‘ललितपुर महानगरपालिका एकदमै जेठो नगरपालिका भएको हुनाले हाम्रो सम्पदा, संस्कृति अथवा नेवाः सभ्यतासम्बन्धी युनिभर्सिटीका लागि पनि पहल गरिदिन पनि म यहीबाट अनुरोध गर्न चाहन्छु’ उनले कार्यक्रममा भने, ‘त्यसका लागि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले सहकार्य गरेर गर्नसक्छ ।’

नेवाः सभ्यताको अभिलेखीकरणका लागि पनि यो काम महत्वपूर्ण हुने भन्दै मेयर साहले विश्वविद्यालयका माध्यमबाट यहाँका कला कौशल अन्तर्राष्ट्रियकरण गर्न सकिने धारणा राखे । ‘हाम्रा बाजाहरुलाई डिग्रीको कोर्समा समावेश गर्नसक्छौं । नेवाः सभ्यताभित्र धेरै पक्षहरु छन्, सम्पूर्णलाई मान्छेले पढुन् । नयाँ पुस्ताले त्यो कुरालाई सिक्न पाउन् भन्ने चाहना पनि छ’ उनले भने ।

दुवै महानगरपालिकाले गर्नुपर्ने अर्को महत्वपूर्ण काम वागमतीको स्थायी सरसफाइ हुनुपर्ने पनि मेयर साहले बताए ।

‘अस्थायी सफाइ अभियान त धेरै हुन्छन् । स्थायी रुपमा यसको सरसफाइ गर्नलाई काठमाडौं र ललितपुर महानगर दुवैले सहकार्य गर्नुपर्छ । यो काम काठमाडौं एक्लैले पनि सक्दैन । ललितपुर एक्लैले पनि सक्दैन’ उनले भने, ‘हामी दुईटा महानगरपालिका, वागमती सभ्यता एकीकृत परियोजना, सहरी विकास मन्त्रालयले सहकार्य गरेर वागमतीको पानीलाई निलो सफा पानी बनाउन हामीले त्यसमा सहकार्य गर्नै पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij