२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेबिकोले नयाँ प्रडक्ट, Stay Fit बिस्कुट बजारमा

नेबिकोले नयाँ प्रडक्ट, Stay Fit बिस्कुट बजारमा

नेबिको प्रा.लि. विगत ५४ वर्ष देखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा विक्रीवितरण गरिरहेको नेपालको ठूलोे तथा उत्कृष्ट कम्पनी हो । यस कम्पनीले स्थापनाकाल देखि नै आफ्ना उत्पादनहरुमा उच्च गुणस्तर कायम गर्दै आएको छ ।

उपभोक्ताको विश्वास जित्न तथा गुणस्तर उच्च राख्न सकेको कारण यस कम्पनीले नेपाल गुणस्तर (NS)चिन्ह तथा ISO 9001:2008 Quality Management System प्राप्त गरेको छ । हाल नेबिको प्रा.लि.को स्वामित्वमा बिस्कुट, कन्फेक्सनरी, मैदा मिल र ट्रेडिङ कम्पनीहरु सञ्चालनमा रहेका छन् ।


Stay Fit बिस्कुट नेबिकोको एक उत्कृष्ट उत्पादन हो । जुन विस्कुट नेबिकोले नयाँ उत्पादनको रुपमा नेपाली बजारलाई लक्षित गरी विक्री वितरण गर्न लागेको छ ।
चिनी प्रयोग नगरिएको, Food Grade Sweetner प्रयोग गरि गुलियो बनाइएको, मधुमेह भएका तथा नभएका दुवै उपभोक्ताले उपभोग गर्न मिल्ने, आफ्नो शारीरिक स्वास्थ्य सन्तुलनमा राख्न चाहिने पौष्टिक पदार्थ भएका यो Low Calorie Biscuit हरेक उमेर समुह र हरेक वर्गका लागि निकै नै उपयोगी हुनेमा कम्पनी ढुक्क रहेको विज्ञप्तिमा उल्लेख छ ।

उत्कृष्ट मेटालिक प्याकेजिङ गरिएको यो Cracker बिस्कुटको नेट वेट ७५ ग्राम रहेको छ भने यसको बजार मुल्य रु.२० तोकिएको छ । हाल Introductory Offer अन्तर्गत २० % extra बिस्कुट समेत उपलब्ध गराएको जानकारी कम्पनीले दिएको छ ।

नयाँ उत्पादनको रुपमा बजारमा आएको यस बिस्कुट उपयोग गरी आवश्यक सुझाव र प्रतिक्रिया दिन समेत कम्पनीले आग्रह गरेको छ ।
साथै कम्पनीले आगामी दिनमा विभिन्न प्रकारका पोषक तथा स्वास्थ्यवर्धक उत्पादनहरु बजारमा ल्याउने विश्वास समेत

 

दिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij