२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेबिकाे ५५ बर्षमा प्रवेशकाे अवसरमा निःशुल्क स्वास्थ्य शिविर अायाेजना

नेबिकाे ५५ बर्षमा प्रवेशकाे अवसरमा निःशुल्क स्वास्थ्य शिविर अायाेजना

अन्य सामाजिक गतिविधिहरू समेत सञ्चालन गर्ने याेजनामा नेबिकाे

नेपालकाे पहिलाे बिस्कुट तथा कन्फेक्सनरी उत्पादक कम्पनी नेबिकाे प्रा.लि ५५ अाैं बर्षमा प्रवेश गरेकाे छ ।

५५ अाैं बर्षमा प्रवेश गरेकाे सुखद अवसरमा अाज नेबिकाेले अाफ्नै प्राङ्गणमा वृहत् निःशुल्क स्वास्थ्य शिविर अायाेजना गरेको छ । अागामी दिनमा अन्य विविध सामाजिक गतिविधिहरू समेत सम्पन्न गर्दै जाने याेजनामा कम्पनी रहेकाे कम्पनीका ब्रान्ड म्यानेजर अरूण पाैडेलले जानकारी दिनुभयाे ।

स्वास्थ्य शिविर अाज अर्थात असार २० गते  विहान ११ बजेबाट शुरूवात भएकाे छ। जुन बेलुका ५ बजे सम्म सञ्चालन हुनेछ ।

स्वास्थ्य शिविर पिपुल्स डेन्टल अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर अायाेजना गर्न लागिएको हो
।
निःशुल्क स्वास्थ्य शिविरबाट करिब ५ सय व्यक्तिहरू लाभान्वित हुने कम्पनीको अपेक्षा रहेको समेत ब्राण्ड म्यानेजर पाैडेलले बताउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij