काठमाडौँ, २२ माघः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.०८ अङ्कले घटेकाे छ । नेप्से आज १४.०८ ले घटेर २ हजार ७१५ .९१ मा झरेको हाे ।
आजको कारोबारमा विभिन्न ३१५ कम्पनीका १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर ९० हजार २०२ पटक खरिदबिक्री हुँदा रु ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ मा कारोबार भएका छन् ।
आज जलविद्युत् र अन्य उपसमूहबाहेक अन्य उपसमूह घटेको छ । आज जोशी हाइड्रोपावर डेभलपमेन्ट बैंकको ९.९८ प्रतिशत, मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको ८.२५ प्रतिशत, न्यादी हाइड्रोपावर लिमिटेडको ८. १९ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ८. १२ प्रतिशत र कालिका पावर कम्पनीको शेयर मूल्य ८.०५ प्रतिशतले बढेको छ ।
साथै आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु ४५ खर्ब छ अर्ब १० करोड ९२ लाख सात हजार ९६१ पुगेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij