२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नेप्से परिसूचकमा सुधार

नेप्से परिसूचकमा सुधार

काठमाडौँ, २९ माघः  मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा  सामान्य  सुधार देखिएको छ । केहि दिनदेखि निरन्तर घटेकाे  नेप्से  आज  परिसूचक ६.५४ अङ्कले बढेर २ हजार ६८३ .८६ को विन्दुमा कायम भएको हो ।

आज २९९ कम्पनीका १ करोड ३९ लाख ६८ हजार २ सय ५८ कित्ता शेयर ७२ हजार ९४ पटक खरिदबिक्री हुँदा रु ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० बराबरको कारोबार भएको छ ।

विकास बैङ्क समूह दुई दशमलव ३७, जलविद्युत् एक दशमलव ५७, लगानी शून्य दशमलव ४८, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य एक र म्युचुअल फन्ड शून्य दशमलव ५२ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव २०, वित्त शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव ४७, जीवन बीमा शून्य दशमलव शून्य आठ, लघुवित्त शून्य दशमलव शून्य चार, निर्जीवन बीमा शून्य दशमलव ४३, व्यापार एक दशमलव शून्य पाँच र अन्य समूह शून्य दशमलव शून्य एक प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij