२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नेप्से परिसूचकमा सामान्य सुधार

नेप्से परिसूचकमा सामान्य सुधार

काठमाडौँ, ८ माघ : आज  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा  सामान्य सुधार भएकाे छ । परिसूचक आज  ५.०८ अङ्कले बढेर २ हजार ६ सय १३ .०८ को विन्दुमा कायम भएको हो ।

आज ३ सय ११ कम्पनीको १ करोड १६ लाख २६ हजार २० कित्ता शेयर ६९ हजार ८ सय ४० पटक खरिदबिक्री हुँदा रु ६ अर्ब १९ करोड १ लाख ४१ हजार ८ सय ९१ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह ०. ३५, वित्त १.०३, जलविद्युत् ०. ९२, म्युचुअल फन्ड ०.४८ र व्यापार समूह २.१० प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक  भने बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij