२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नेप्से परिसूचकमा वृद्धि, तर कारोबार रकममा गिरावट

नेप्से परिसूचकमा वृद्धि, तर कारोबार रकममा गिरावट

/fhwfgLsf] OGb«rf]sdf gfu k~rdLsf nfuL gfusf] kmf]6f] a]Rb} dlxnf . tl:j/ M lah' dxh{g, sflGtk'/

 

काठमाडौं, २० चैतः नेप्से परिसूचक बुधबार बढ्दै हरियो संकेतमा बन्द भएको छ। अघिल्लो दिन सामान्य गिरावट देखाएको नेप्से बुधबार पुनः उकालो लागेको हो। कारोबार अन्त्यमा परिसूचक २३.८६ अंकले वृद्धि भई २७००.०४ विन्दुमा पुग्यो।

तर, परिसूचक उकालो लागे पनि कारोबार रकम भने घटेको देखिएको छ। मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको शेयर कारोबार भएको थियो, तर बुधबार ३१८ कम्पनीका ५३ हजार ८८४ पटकको कारोबारमा जम्मा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ४२ हजार कित्ता शेयर किनबेच भएको छ।

बुधबार सेन्ट्रल फाइनान्सको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। विशाल बजार कम्पनीको शेयर करिब १० प्रतिशतले बढ्दा उपकार लघुवित्तको शेयर ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यद्यपि, बोटलर्स नेपाल (बालाजु) को शेयर मूल्य भने नकारात्मक सर्किटमा कारोबार भएको छ। अन्य कम्पनीहरूको शेयर मूल्य ५ प्रतिशतभन्दा कमले घटेको देखिन्छ।

कारोबार रकमको आधारमा सिईडिबी होल्डिङ्ग्स लिमिटेड अग्रस्थानमा रह्यो। उक्त कम्पनीको ३६ करोड ५५ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। हिमालयन रि-इन्स्योरेन्सको कारोबार ३५ करोडभन्दा माथि रहँदा ङादी ग्रुप पावरको कारोबार करिब साढे २७ करोड रुपैयाँ पुगेको छ।

उपसमूह परिसूचकको अवस्था हेर्दा १३ मध्ये ११ उपसमूह हरियो रहे भने २ उपसमूह रातो रहे। व्यापार उपसमूह सबैभन्दा धेरै ९.४४ प्रतिशतले बढ्दा वित्त उपसमूह ३ प्रतिशतभन्दा माथि र लगानी उपसमूह १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने १.४७ प्रतिशतले घटेको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij