काठमाडौँ, २२ फागुनः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि घटेकाे छ । गत सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक आज २.७० अङ्कले घटेर २ हजार ८ सय १८. ४३ को विन्दुमा कायम भएको छ।
आज ३ सय १० कम्पनीको १ करोड ९० लाख ४१ हजार ५ सय १४ कित्ता शेयर ९३ हजार ८ सय ९५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब १० करोड १८ लाख १७ हजार ६ सय ८१ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ ०.०३, विकास बैंक १.८६, उत्पादन तथा प्रशोधन ०.२४ र लघुवित्त ०.०५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू १ अर्ब १२ करोड ८३ लाख ६२ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडको १० लाख ६० हजार कित्ता शेयर किनबेच भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij