काठमाडौँ, २७ माघ :हप्ताकाे पहिलाे दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेकाे छ । आज नेप्से परिसूचक ११. ४९ अङ्कले घटेर २ हजार ६ सय ८८. ३१ को बिन्दुमा कायम भएको हो ।
आज ३ सय ५ कम्पनीको १ करोड ५८ लाख ५५ हजार ६ सय १० कित्ता सेयर ८४ हजार २ सय ८० पटक खरिदबिक्री हुँदा रु ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६ सय २८ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा वित्त समूह शून्य दशमलव ८०, उत्पादन तथा प्रशोधन शून्य दशमलव १५, लघुवित्त शून्य दशमलव २५ र व्यापार समूह एक दशमलव ३९ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ३५ र अन्य समूह एक दशमलव ३० प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ३५, होटल तथा पर्यटन शून्य दशमलव २४, जलविद्युत् शून्य दशमलव ५०, लगानी शून्य दशमलव ३९, जीवन बिमा शून्य दशमलव ७६, म्युचुुअल फन्ड शून्य दशमलव ३४ र निर्जीवन बिमा शून्य दशमलव ५७ प्रतिशतले घटेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij