नेपाल वित्तीय संस्था कर्मचारी संघको आगामी आठौं महाधिवेसनको लागि प्रदेश नम्बर ३ को व्यवस्थापनको जिम्मेवारी रामसंकर बस्नेतलाई दिइएको छ । भर्खर मात्रै पहिलो पटक प्रादेशिक संरचना अन्तरगत भएको अधिवेशनबाट बस्नेतको अध्यक्षतामा ३ नम्बर प्रदेशको १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको थियो ।
आगामी दिनमा प्रदेश नम्बर ३ अन्तरगत आवद्ध वित्तीय संस्थाका कर्मचारीका समस्याहरुलाई विशेष रुपमा उठाउँदै थप व्यवस्थित गर्दै लैजाने र संगठनलाई थप सुदृढ रुपमा अघी बढाउन आफू जस्तोसुकै कदम लिन पनि तयार रहेको बस्नेतले बताउनुभएको छ ।
नेपालमा हाल ६० ओटा बैंकहरु आवद्ध रहेको यो नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाली काङ्ग्रेस समर्थक वित्तीय कर्मचारीहरुको संलग्न रहेको संस्थाको रुपमा रहँदै आएको छ । संघको आगामी चैत २२ र २३ मा राष्ट्रिय सभागृहमा राष्ट्रिय अधिवेसन हुँदैछ ।

नेपालमा पछिल्लो समय सम्पूर्ण नेपाल नै संघीय संरचनामा गइरहेको अवस्थामा वित्तीय संस्था कर्मचारी संघ पनि संघीय संरचनामा जानको निम्ति तयारी गरिरहेको छ ।
नेपालमा बैंकिङ क्षेत्रमा रहेका कर्मचारीहरुको हक, हित र अधिकारको निम्ति काम गर्दै आएको यस संस्थाले लामो समय देखि विभिन्न गतिविधिहरु समेत सञ्चालन गर्दै आएको छ । नेपालमा अस्थायी कर्मचारीहरुलाई स्थायी गर्ने, वित्तीय क्षेत्रका विभिन्न समस्याहरुमा समाधानको पहल गर्ने, नाफामूलक संस्थाहरुमा संलग्न कर्मचारीहरुका थप सुविधा उपलब्ध गराउनको निम्ति पहल गर्ने लगायतका कामहरु यस संस्थाले विशेष पहल गर्दै आएको छ । साथै विभिन्न सामाजिक गतिविधिहरुमा समेत यो संघ सक्रिय छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij