नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशनको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । 
मंगलबार सुरु भएको महाधिबेशन १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुने छ ।
जसका लागि नेपाल ट्रेड युनियनका वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुष्कर आचार्य प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । आचार्यले बरिष्ठ नेता रामचन्द्र पौडेल समुह र दाहालले देउवा पक्षबाट उम्मेदवारी दिएका हुन् ।
ट्रेड युनियनका देशभरका ४ सय प्रतिनिधि छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij