२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेपाल चार्टड एकाउन्टेन्ट संघले सञ्चालनमा ल्यायो ३०० शैयाको आइसोलेसन सेन्टर

नेपाल चार्टड एकाउन्टेन्ट संघले सञ्चालनमा ल्यायो ३०० शैयाको आइसोलेसन सेन्टर

काठमाडौं । आज विश्व नै कोभिड १९ को नयाँ भेरीयन्ट सहितको दोस्रो लहरबाट आक्रान्त छ । महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरसबाट नेपालमा अनाहकमा धेरै मानिसहरुको ज्यान गुम्न पुगेको छ । अक्सिजनको अभावमा अस्पताल नपुग्दै धेरैले ज्यान गुमाएको विद्यमान परिस्थिति छ ।

स्तरीय आइसोलेसन सेन्टर एवं स्वास्थ्य सामाग्रीहरु सहज रुपमा उपलब्ध हुन सकेको खण्डमा विरामीहरुको जीवनरक्षा र स्वास्थ्य लाभ हुन सक्ने कुरालाई लक्षित गरेर विभिन्न व्यक्ति एवं संस्थाहरु यतिबेला स्वतःस्फूर्त रुपमा विभिन्न सामाजिक गतिविधिहरुमा क्रियाशिल छन् ।

यसरी सामाजिक गतिविधिहरुमा सक्रिय रहने मध्ये एक हो नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) । उक्त संस्थाले भर्खर मात्र इचंगुनारायणमा ३ सय वेड क्षमताको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याई निःशुल्क सेवा उपलब्ध गराउन शुरु गरेको छ ।

उक्त साइसोलेसन सेन्टरबाट कोरोना पोजिटिभ भई हाल सामान्य लक्षण देखिएका, घरमा रेखदेख गर्ने मानिस नभएका अथवा रेखदेख गर्ने भएपनि शरीरमा अक्सिजनको सामान्य तहमा कमी हुन सक्छ आशङ्काले त्रसित हुनुपर्ने अवस्थामा रहेका, अक्सिजन लेबल (क्एयद्द) ९० भन्दा कम नभएका, सुगर, प्रेसर लगायतका दिर्घकालिन रोग नभएका, आफ्नो घरमा अलग्गै रहने प्रबन्ध मिलाउन नसक्ने व्यक्तिहरुले हिँडेरै आफैं आइसोलेसन केन्द्रमा गई लाभ लिन सक्नेछन् ।

संक्रमितहरुका लागि लक्षित गरेर स्थापना गरिएको उक्त आइसोलेसन सेन्टर आवश्यक अक्सिजन लगायत मापदण्डहरु पूरा गरिएको छ ।

सर्वाङ्गण स्वास्थ्य सदन सेवा केन्द्रको प्राविधिक सहयोगमा ३०० शैया क्षमताको उक्त आइशोलेसन केन्द्र २०७८ जेष्ठ ०८ गते देखि सञ्चालनमा ल्याइएको छ ।

उक्त आइसोलेसन निर्माण कार्यमा स्थानीय सरकार, जनसमुदाय, जनप्रतिनिधि, राजनैतिक दल लगायत विभिन्न सरोकारवाला निकायहरुको साथ र समन्वय प्राप्त भएको र आगामी दिनमा पनि सरोकारवाला पक्षहरुसँग आफूहरुले निरन्तर सहयोगको अपेक्षा राखेको समेत संघका महासचिव तेज प्रसाद सुवेदीले बताएका छन् ।

उनले कोरोनाको सामान्य लक्षण देखिन साथ अक्सिजनको ब्याकअप र नर्स एवं चिकित्सकको २४ सै घण्टा निगरानिमा आइशोलेसनले सेवा उपलब्ध हुनसके विरामीको अकालमा हुने मृत्यु रोक्न सकिने मनसायले आफ्नो संस्थाको सक्रियतामा उक्त कार्य अघी बढाइएको समेत बताएका छन् ।

सुवेदीका अनुसार उक्त आइसोलेसन सेन्टर ३ महिनाको लागि सञ्चालनमा रहनेछ ।

पूर्ण क्षमतामा सञ्चालनमा आउँदा ३ सय शैया क्षमताको उक्त आइसोलेसन केन्द्र पहिलो चरणमा ५० शैयाको अक्सिजनयुक्त रहने छ भने एक हप्ता भित्रमा पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ ।

महामारीको यस चुनौतिपूर्ण समयमा मानव जिवनको रक्षा गर्नु सबै नेपालीको दायित्व भएको कुरालाई हृदयङ्गम गरी सञ्चालनमा ल्याइएको उक्त यस आइशोलेसन केन्द्रमा विमारीहरुले निःशुल्क सेवा प्राप्त गर्न सक्ने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij