२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेपाल अाेलम्पिक कमिटीका अध्यक्ष आइतबार ओमान

नेपाल अाेलम्पिक कमिटीका अध्यक्ष आइतबार ओमान

काठमाडौं– नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ एसियाली ओलम्पिक कमिटी (ओसीए)को ३९ औं साधारण सभामा भाग लिन आइतबार ओमानको मस्कट प्रस्थान गर्नुभएको छ ।
साधारणसभाका क्रममा सन् २०३० को एसियाली खेलकुदको आयोजना सहरको चयनका लागि मतदान हुनेछ । उहाँहरूले त्यस मतदानमा भाग लिनु हुनेछ ।
साउदी अरेबियाको रियाद र कतारको दोहाबीच २१ औं एसियाली खेलकुद आयोजनाका लागि प्रतिस्पर्धा भइरहेको छ । मतदान अगाडि नेपाली टोलीले साउदी ओलम्पिक कमिटीका अध्यक्ष अब्दुलाजिज बिन टुर्कि अल फैजल अब साउद तथा कतार ओलम्पिक कमिटीका अध्यक्ष सेख तमिम बिन हमाद अल थानीसँग परस्पर सहयोगको सम्भावनालाई लिएर छुट्टा छुट्टै वार्ता पनि गर्नु हुनेछ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखको पनि सहभागिता रहने साधारण सभामा साउदी र कतारी ओलम्पिक कमिटीले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबीबारे आफ्नो प्रस्तुती दिनेछन् । त्यसमा ओसीसीको मूल्यांकन कमिटीले प्रतिवेदन पेस गर्नेछ । त्यसपछि चुनाव हुनेछ र लगतै त्यसमा विजयी सहरसँग प्रतियोगिताको आयोजनालाई लिएर सम्झौता हुनेछ ।
साधारण सभाका अवसरमा सान्यमा हुने छैटौं बिच एसियाली खेलकुद, थाइल्यान्डमा हुने छैटौं एसियाली इन्डोर तथा मार्सल आर्टस खेलकुद, सान्तोउमा हुने तेस्रो एसियाली युवा खेलकुद र हाङझोउमा हुने १९ औं एसियाली खेलकुदबारे पनि छलफल हुनेछ । यसै ओसीए अन्तर्गतका विभिन्न कमिटीका प्रतिवेदन पनि साधारण सभाका क्रममा पेस गरिनेछ । कार्यक्रमले अब हुने साधारणसभाको मिति र स्थानबारे पनि निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij