नेपाल औषधी उत्पादक संघको भर्खरै सम्पन्न अधिवेशनबाट २ बर्षको लागि अध्यक्षको जिम्मेवारी औषधी उद्योगी जि. नारायण बहादुर क्षेत्रीको काँधमा पुगेको छ । बिगत २३ बर्ष देखि टाइम फर्मास्युटिकल प्रा.लि. सञ्चालन गर्दै आउनुभएका क्षेत्रीले शुरुका दिनमा करिब १३ बर्ष नेपालमा बिभिन्न औषधी कम्पनीहरुको प्रतिनिधि भई बजार व्यवस्थापन सम्बन्धी काम गरेर औषधीव्यवसायकोे यात्रा शुरु गर्नुभएको थियो । नेपाल औषधी उत्पादक संघमा सन् १९९७ देखि आवद्ध रहदै आउनुभएका क्षेत्री कार्यसमितिका विभिन्न जिम्मेवारीहरु (कार्यसमिति सदस्य, सहसचिव, महासचिव, वरिष्ठ उपाध्यक्ष) निर्वाह गर्दै हाल सम्म आइपुग्दा अध्यक्ष पद सम्मको यात्रा तय गर्न सफल हुनुभएको छ ।
औषधी बजार विगत र वर्तमान
नेपालमा औषधी उद्योग शुरु हुनुभन्दा पहिले नेपालको औषधीको आवश्यकता पूर्ण रुपमा आयतमा नै निर्भर थियो । त्यस परनिर्भरतालाई मध्य नजर गरी नेपालमा पनि औषधिको पूर्वाधारको बिकास गर्न विस्तारै नेपालमा औषधी उद्योगहरु खुल्दै गए र हाल सम्म आइपुग्दा करिब ६० ओटा उद्योगहरु सञ्चालनमा रहेका छन् । करिब २ दर्जन भन्दा बढि उद्योगहरु थपिने क्रममा रहेका हुदा निकट भबिश्यमा उद्योगको संख्या बढेर ८० भन्दा बढी सङ्ख्यामा पुग्ने अनुमान छ । थपिने क्रममा रहेका ४-५ ओटा औषधी उद्योगहरुले आफ्ना उत्पादनहरु यसै आ.व. २०७६।०७७ भित्र बजारमा पठाइ सक्ने हुँदा औषधिको आपुर्तिमा थप टेवा पुर्याउने देखिन्छ ।

औषधी उद्योगको क्षेत्र आफैंमा सम्वेदनशील क्षेत्र भएको हुंदा यसलाई अन्तराष्ट्रिय मापदण्ड अनुरुप अनुसरण गर्नु पर्दा आधुनिक प्रबिधि अनुरुपको ठुलो लगानी अपरिहार्य छ । बिद्यमान अवस्थामा नेपालको औषधी उद्योगका क्षेत्रमा करिब ४० अर्ब रकम बराबरको लगानी भइसकेको हुंदा, थप नयंँ उद्योगहरुको लगानी समेतलाई हेर्ने हो भने यस क्षेत्रको लगानी आगामी केहि बर्षमा करिब ६० अर्ब भन्दा माथि पुग्ने अनुमान गरिएको छ । यस क्षेत्रमा अहिले करिब १५ हजार व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा रोजगारी दिई स्वदेशमानै रोजगारीको अवसर सिर्जना गर्न सफल भएको छ । यद्यपि अहिले पनि नेपालको बजारलाई विदेशी उद्योगहरुले अस्वस्थ प्रतिस्पर्धा गरिरहेका छन् ।
अधिकांश औषधी नेपालमा नै उत्पादन सम्भव
नेपालमा शुरुका दिनहरुमा औषधी उत्पादन नभएको कारण विदेशबाट नै भित्र्याउनुपर्ने अवस्था थियो । विस्तारै नेपालीहरुले ज्ञान सिप र दक्षता हाँशिल गर्दै जाने क्रममा आवश्यक प्रविधि भित्र्याई औषधी उत्पादन कार्यमा सफलता हँसिल गरेका हुन् । अहिले नेपालमा निकै ठूलो परिमाणमा औषधी उत्पादन भइृरहेको छ । हाल केहि बिषेश प्रकारका (Vaccine, HIV – AIDS & Cancer) बाहेक सबै किसिमका औषधी उत्पादन कार्य नेपालमा नै सम्भव भइसकेको हुदा विश्व स्वास्थ्य संगठनले आधारभूत औषधिको रुपमा सूचिकृत गरेका ४ सय औषधीहरु मध्ये २ सय ३० औषधीहरु उत्पादन गरी सफलता हासिल गरेका छन् । यस्तो परिस्थितिमा विदेशबाट सहज ढंगले स्वदेशी उत्पादन संग प्रतिस्पर्धा गर्न निकै ठूलो परिमाणमा समान प्रकारका, कम गुणस्तरका औषधी आयात भइरहनु नेपाली औषधि उद्योगका लागि ठूलो प्रतिस्पर्धा र चुनौतीको विषय बनेको छ ।
नेपालमा औषधी उद्योग शुरु हुनुभन्दा पहिले नेपालको औषधीको आवश्यकता पूर्ण रुपमा आयतमा नै निर्भर थियो । त्यस परनिर्भरतालाई मध्य नजर गरी नेपालमा पनि औषधिको पूर्वाधारको बिकास गर्न विस्तारै नेपालमा औषधी उद्योगहरु खुल्दै गए र हाल सम्म आइपुग्दा करिब ६० ओटा उद्योगहरु सञ्चालनमा रहेका छन् । करिब २ दर्जन भन्दा बढि उद्योगहरु थपिने क्रममा रहेका हुदा निकट भबिश्यमा उद्योगको संख्या बढेर ८० भन्दा बढी सङ्ख्यामा पुग्ने अनुमान छ । थपिने क्रममा रहेका ४-५ ओटा औषधी उद्योगहरुले आफ्ना उत्पादनहरु यसै आ.व. २०७६।०७७ भित्र बजारमा पठाइ सक्ने हुँदा औषधिको आपुर्तिमा थप टेवा पुर्याउने देखिन्छ ।
नेपाली बजारमा स्वदेशी औषधीको योगदान
बर्तमान अवस्थामा राष्ट्रिय औषधिको आवश्यकता र आपुर्तीलाई मध्य नजर गरी हेर्दा स्वदेशी उद्योगहरुले करिब ४५ प्रतिशत आपुर्ति गर्न सफल भएका छन् भने करिब ५५ प्रतिशत औषधी त अहिले पनि आयातमा नै निर्भर छ । करिब २ दशक देखि नै औषधीमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने योजना सहित नेपालका औषधी उद्योगीहरुले स्वदेशि उद्योगहरुलाई संरक्षण तथा संवद्र्धनकोलागि निरन्तर रुपमा सरकारसंग पहल गरिएतापनि सरकारले कुनै ठोश नीति तय गर्न नसकेको कारण उद्योगहरुले सोचे जस्तो सफलता हांसिल गर्न सकेका छैनन् र राष्ट्रिय उद्योगहरुले विभिन्न समस्याहरु सामना गर्न परिरहेको अवस्था छ । औषधी उद्योगका क्षेत्रमा धेरै सम्भावनाहरु देखिएको हुँदा नयाँ लगानीकर्ताहरु थपिने क्रम बढिरहेको छ , तर पनि बर्तमान अवस्थामा सहज रुपमा भित्रिएका बिदेशी उत्पादनहरु संग बजारमा अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने मुख्य चुनौती रहेको छ ।
राज्यको सक्रियता आवश्यक छ
औषधी व्यवसायीहरुले सरकारलाई स्वदेशमा नै प्रसस्त उत्पादन हुँदै आएका एकै प्रकारका औषधीहरु अन्य मुलुकबाट आयात नगर्नको लागि नीतिगत पहल गर्नकोलागि ध्यानाकर्षण गर्दैै आएका छौं । नेपालमा अहिले पनि व्यापार घाटाको अवस्था कायमै रहेको कारण औषधी उद्योगमा हुँदै आएको आयात रोकिएको खण्डमा करिब २२ अर्ब बराबरको व्यापार घाटा तत्काल नै रोक्न सकिने अवस्था रहन्छ ।
छिमेकि मुलुक भारत तथा वंगलादेशमा ३-४ दशक पहिले सम्म औषधिमा आयातमा नै निर्भर रहेका थिए । उक्त देशहरुले पनि ९० प्रतिशत सम्म औषधी आयात गर्नुपर्ने अवस्था थियो र आफ्नो देशमा औषधी उद्योग सञ्चालन तथा लगानी प्रवद्र्धनका लागि विशेष नीति लिएर आफ्नो अवस्थालाई निकै माथि पुर्याउन सफल भए । भारतमा हालले पनि १८ ओटा विभिन्न सरकारी निकाय छन्, जसले राष्ट्रिय उद्योगहरुलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने किसिमले काम गर्दै आएका छन् । Pharmaceuticals Export Promotion Council of India ले स्वदेशी उद्योगहरुलाई विदेशमा निर्यात गर्नको लागि विशेष प्रवद्र्धनकारी तथा प्रभावकारी नीति लिएर अघी बढेको छ ।
यस संस्थाले आफ्नो देशमा उत्पादन हुने औषधीको आयातमा रोक लगाएर स्वदेशी उत्पादनलाई प्रवद्र्धन गरिरहेको छ । जसले गर्दा करीब ३० वर्षमा भारत औषधीमा आत्मनिर्भर बन्न सफल भएको पाईन्छ । त्यस्तै बंगलादेशले पनि ३ वा सो भन्दा बढि स्वदेशि औसधि उद्योगहरुले उत्पादन गर्ने औषधिहरु को आयात रोक लगाइदिएको कारणले बिगत २० वर्षमा सम्पूर्ण वंगलादेशि स्वदेशि औषधि उद्योगहरु औषधि उत्पादनमा सक्षम भई औषधिमा करिब ९८ प्रतिशत सम्म आत्म निर्वर हुन सफल भएका छन् । सन् २००६ मा नेपालका औषधि उद्योगिहरु बङ्गलादेश गएर त्यहाँ नेपाली उद्योगको बजारीकरणको लागि अवसर दिन आग्रह गर्दा उक्त देशमा उत्पादन नहुने औषधी मात्र आयात गर्ने आफ्नो देशको नीति भएको र त्यहाँको लागि नयाँ औषधी भएमा मात्र बजार खुल्ला रहेको कुरा उच्चस्तरीय निकायबाट हामीले जानकारी पाईयो । यस्तो व्यवस्था नेपालमा पनि हुनु जरुरी छ । राज्य स्तरबाट छिमेकि मुलुकले अवलम्वन गरेको निती नेपालमा पनि लागु गर्न सक्ने हो भने नेपालमा प्रसस्त मात्रामा उत्पादन हुने औषधिहरु आयातमा रोक लगाएमा आगामी ४-५ बर्षमा नै करिव ७० देखि ८० प्रतिशत औषधी नेपालमा नै उत्पादन गर्न सकिने र औषधिमा आत्मानिर्भर हुने अवस्था सृजना हुन्छ ।
यसकारण आवश्यक छ राज्यको संरक्षण
संसारमा जुनसुकै बिकशित मुलुकहरुले पनि आफ्ना उत्पादनलाई प्रथमिकता दिई उपभोग गरी राष्ट्रिय उद्योगको संरक्षणर संवद्र्धनको कारणले आफ्नो देशलाई आर्थिक सम्मुनति हाशिल गरेको प्रसस्त उदाहरणहरु छन् । आजको आधुनिक युगमा अमेरिका जस्तो बिकशित देशले करिब १ हजार भन्दा बढी स्वदेशी औद्योगिक वस्तुहरुलाई संरक्षण गरिँदै आइएको छ । तर नेपालमा भने राज्यले कुनै पनि उद्योगलाई संरक्षण गर्ने नीति लिएको छैन । राज्यको प्रतिवद्धता हुन सकेको खण्डमा मात्र व्यवसायीहरुले पनि थप सुरक्षाको प्रत्याभुति गर्न सक्छन् ।
कम क्षमताको औषधी उत्पादन गर्ने बाध्यतामा स्वदेशी उद्योग
नेपालमा अहिले पनि बाह्य औषधीको प्रभावको कारण यहाँका उद्योगहरुले आफ्नो उत्पादन क्षमताको तुलनामा आधा मात्र औषधी उत्पादन गरिरहेका छन् । हाल नेपालका भएका मेसिनहरुले आफ्नो पूर्ण क्षमतामा उत्पादन गर्न पाएका छैनन् बजारको अवस्था थोरै भएको कारण नेपाली औषधीहरु कम क्षमतामा मात्र सञ्चालनमा छन् । साथै अहिले नेपालमा औषधी उत्पादन क्षेत्रमा प्रतिष्पर्धा मात्र बढ्दै जाने तर सोहीबमोजिम बजार विस्तार हुन नसक्ने अवस्था रहेको कारण हाम्रो लगानी नै डुब्न सक्ने खतरा समेत छ । यसमा पनि हामीले विशेष सचेतना अपनाउनुपर्ने हुन्छ । अहिले नेपालमा विदेशी उद्योगहरुले सस्तो लोकप्रियता हाशिल गर्ने नाउमा स्वदेशी उत्पादनहरुको अवस्थालाई कमजोर बनाइरहेको हुँदा नेपाली राष्ट्रिय पुँजी बचाउनको लागि राज्यले पनि सोहीबमोजिम कडा आयात नीति नै अङ्गिकार गर्नुपर्ने आवश्यकता छ । यसो हुन सकेको खण्डमा नेपाली औषधी उद्योगहरुको लागि थप १० अर्ब बराबरको बजार खाली रहन्छ । यसबाट स्वदेशी उत्पादनमा वृद्धि र आत्मनिर्भरताको लागि बाटो खुल्ला हुनेछ ।
सन् २००६ मा नेपालका औषधि उद्योगिहरु बङ्गलादेश गएर त्यहाँ नेपाली उद्योगको बजारीकरणको लागि अवसर दिन आग्रह गर्दा उक्त देशमा उत्पादन नहुने औषधी मात्र आयात गर्ने आफ्नो देशको नीति भएको र त्यहाँको लागि नयाँ औषधी भएमा मात्र बजार खुल्ला रहेको कुरा उच्चस्तरीय निकायबाट हामीले जानकारी पाईयो । यस्तो व्यवस्था नेपालमा पनि हुनु जरुरी छ । राज्य स्तरबाट छिमेकि मुलुकले अवलम्वन गरेको निती नेपालमा पनि लागु गर्न सक्ने हो भने नेपालमा प्रसस्त मात्रामा उत्पादन हुने औषधिहरु आयातमा रोक लगाएमा आगामी ४-५ बर्षमा नै करिव ७० देखि ८० प्रतिशत औषधी नेपालमा नै उत्पादन गर्न सकिने र औषधिमा आत्मानिर्भर हुने अवस्था सृजना हुन्छ ।
सरकारलाई निरन्तर आग्रह गरिरहेका छौं
हाम्रो देशमा उद्योगका धेरै सम्भावनाहरु छन् , यस्ता सम्भावनाहरुलाई परिचालन गरेर उत्पादनमूलक क्षेत्रमा समाबिष्ट गराउदै, राज्यको अर्थ व्यवस्थालाई टेवा पुर्याउन सकेमा आर्थिक एवं रोजगारीको क्षेत्रमा समेत टेवा पु्यार्उन महत्वपुर्ण भूमिका निर्वाह गर्नेछ । सकारात्मक तवरले आफ्ना गतिविधिहरु बढाएको खण्डमा हाम्रो अवस्था पनि छोटो अवधिमा नै उल्लेख्य रुपमा माथि उठ्न सक्छ । यसैकारण हामीले आयातित औषधी रोक्ने पहल गर्न तत्कालिन स्वास्थ्य मन्त्री गगन थापालाई आग्रह गरेपश्चात् ऊहाँको पहलमा एक समिति समेत गठन भएको थियो तर पछि सरकार परिवर्तन भएपश्चात् भने अहिले केही प्रगति हुन सकेको छैन । हालको सरकार २ तिहाई बहुमत सहितको भएको हुनाले यस सरकारले राष्ट्रियता, उत्पादन वृद्धि र रोजगारी सृजनाको पक्षमा ठोस प्रगति गर्न थप प्रभावकारी तवरले काम गरेर इतिहास कायम गर्नेमा हामी आशावादी छौं ।
हैदरावाद अवलोकनबाट जे सिक्यौं
हामीले गत सेप्टेम्माबरमा हैदराबाद जाँदा त्यहाँ एक Bio-Teck Industrial village (Genome Valley) को भ्रमण गरेका थियौं । जहाँ क्यान्सर, पोलियो भ्याक्सीन लगायतका संवेदनशील औषधीहरु उत्पादन हुँदा रहेछन् । त्यहाँको राज्य सरकारले सम्पुर्ण किसिमका पूर्वाधार निर्माण एवं कर छुट सुबिधा उपलव्ध गराई संसारका उच्च प्रबिधिका करिब ४ सय भन्दा बढी Bio-Tech उद्योगहरुलाई आकर्षण गर्न सफल भएको रहेछ । विश्वका उच्चस्तरीय उद्योगहरुलाइ त्यहा सञ्चालनमा रहि सन्सारलाई आवश्यक पर्ने करिब ८० प्रतिशत Vaccine हरु उत्पादन गरी संसार भरी बिक्रि बितरण गर्दै आईरहेको जानकारी पाइयो । त्यहाँ अढाई लाख व्यक्तिहरु का लागि रोजगारी सृजना हुनका साथै हैदराबाद लाई सम्बेदनशील औषधिहरु र कच्चा पदार्थको उत्पादनमा समेत सर्वश्रेष्ठ श्रेणी हाशिल गर्न सफल भएको पाईयो । राज्यको यस्ता किसिमका बिशेष पहलले राज्यलाई औषधिमा आत्म निर्भर का साथै आर्थिक उन्नतीमा ठुलो टेवा पुगेको प्रत्यक्ष महशुस भयो।
सोही बमोजिम नेपाल सरकारले पनि नेपाली उद्योगहरुलाई संरक्षण र प्रवद्र्धनको नीति लिनु जरुरी छ । यसो हुन सकेको खण्डमा हामी अबको ५-७ बर्षमा औषधीमा आत्मनिर्भर हुन सक्छौं । नेपालमा नै क्यान्सर, लिभर, मृगौला लगायतका औषधीहरु उत्पादन गर्न सक्षम हुन सक्ने सम्भावना रहन्छ ।
आगामी सम्भावना
नेपालमा आगामी दिनहरुमा औषधी उद्योगहरुको क्षेत्रमा राम्रो सम्भावना छ । अहिलेको अवस्थामा आइपुग्दा निकै राम्रो तवरले औषधी उद्योगहरुको लागि पुर्वाधारको विकास भइसकेको छ । सबैजनाले आपसी सहकार्यमा काम गरेको खण्डमा नेपालको विकासको लागि अब हामीले लामो समय कुर्नुपर्दैन । यस कार्यमा हामी सबैको महत्वपूर्ण योगदान रहनुपर्छ ।
Time Pharmaceuticals को स्थापना
विदेशी कम्पनीमा काम गर्दा सिकेको सीप र प्रविधिलाई नेपालको आयात, प्रतिस्थापन र रोजगारी सृजनामा लगाउने योजना बमोजिम सन् १९९५ मा टाइम फर्मास्युटिकल्स प्रा।लि स्थापना गरिएको हो । चितवन क्षेत्रबाट सामुहिक लगानीको रुपमा स्थापना भएको यस औषधी उद्योगले हाल सम्म आइपुग्दा मुटु, मधुमेह, Pychotropical मल्हम, Antibiotics लगायत सबै किसिमका गरी करिब १८० प्रकारका औषधीहरु उत्पादन गर्दै आएको छ । आफू संलग्न क्षेत्रबाटै देश विकासमा हामीले कुनै न कुनै रुपमा योगदान दिन सक्नुपर्छ भन्ने मन्त्रलाई आत्मसाथ गर्दै शुरुका दिनमा २५ जना व्यक्तिहरुलाई रोजगारी दिएर स्थापना भएको यस कम्पनी अहिले सम्म आइपुग्दा करिब ३ सय जना व्यक्तिहरुलाई रोजगारी सृजना गर्न सकेको छ । शुरुका दिनमा यस कम्पनी करिब २ करोड लगानीबाट शुरु भएको र हाल बार्षिक १०० करोडको कारोबार र डेढ अर्ब बराबरको पुँजी विकास गर्न यो कम्पनी सफल छ ।
नेपाल औषधी उत्पादक संघको स्थापना
नेपालमा सबैभन्दा पहिले शाही नेपाल औषधी निगमको स्थापना भएको हो । त्यस सँगै नेपालमा निजी क्षेत्र समेत औषधी उत्पादन क्षेत्रमा संलग्न हुने क्रम शुरु भयो । आज भन्दा करिब ३ दशक पहिले सन् १९९० मा नेपालमा ८-१० ओटा औाषधी उद्योगहरु सञ्चालनमा आएपछि नेपालका औषधी उत्पादकहरुको हक, हित र अधिकारको लागि उद्योगीहरु सङ्गठित हुनुपर्ने आवश्यकता महसुस भएसँगै नेपाल औषधी उत्पादक संघको स्थापना भएको हो ।

थप लगानी आवश्यक छैन
औषधी उद्योगमा प्रयाप्त सम्भावना छ । नाकाबन्दी जस्तो कष्टपुर्ण तथा द्धन्दकालमा समेत यस क्षेत्रले खासै असर भोग्न नपरेको यस क्षेत्रमा अहिले सम्म आइपुग्दा प्रयाप्त लगानी भइसकेको छ ।करिव ३ करोड जनसङ्ख्या रहेको नेपालमा ८० देखि १ सय औषधी कम्पनीहरु प्रयाप्त हुनेछन् । त्यो भन्दा बढी उद्योग पनि हामीलाई आवश्यक पर्दैन । थप पुँजी जुट्न सकेको खण्डमा अन्य क्षेत्रको पहिचान गरी ती क्षेत्र मार्फत हामीले राष्ट्रिय पुँजीको विकास गर्न सकिने अवस्था रहन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij