२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नेपालको कानुन, सार्वभौमिकता मिचेर एमसीसीलाई अगाडि बढ्न नदिने विप्लवको चेतावनी  

नेपालको कानुन, सार्वभौमिकता मिचेर एमसीसीलाई अगाडि बढ्न नदिने विप्लवको चेतावनी  

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेकै अवस्थामा एमसीसी कार्यान्वयन हुन नदिने बताएका छन् । समाजवादी मोर्चाले बुटवलमा गरेको सन्देश सभामा बोल्दै उनले नेपालको कानुन, सार्वभौमिकता मिचेर एमसीसीलाई अगाडि बढ्न नदिने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डसमेत सहभागी सभामा उनले भने, ‘निस्वार्थ सहयोगको हामीले विरोध गरेको होइन तर शर्तसहितको अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन । यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।’

विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेको भन्दै विप्लवले त्यसको विरोधमा एक्लै लड्न नसकिने भएकाले समाजवादी मोर्चा बनेको उनको दावी छ । उनले माओवादी अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै यो मोर्चा बनाउन धेरै त्याग गरेको बताएका छन् ।

महासचिव विप्लवले देशलाई साम्राज्यवादको चंगुलबाट मुक्त गराउन मोर्चा बनेको जिकिर गर्दै आफूहरुमा सरकारमा जाने लोभ नभएको बताए । उनले मोर्चाको लक्ष्य भ्रष्टाचारको विरुद्ध, सुशासनको पक्ष र नेपाली विशेषताको समाजवादतिर लैजाने भएको दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij