२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

नेकपा र फोरमबिच पार्टी एकताको तयारी

नेकपा र फोरमबिच पार्टी एकताको तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ।

नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै एकताका लागि अनौपचारिक छलफल भएको छ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भएको हो।

शीर्ष नेताहरुबीच अनौपचारिक छलफल भए पनि औपचारिक बैठकमै एजेन्डाका रुपमा नआएको स्रोतको दावी छ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले फोरम नेपाल सरकारमा सहभागी भएसँगै पार्टी एकताको विषयमा अनौपचारिक छलफल भएको बताए।

फोरम अध्यक्ष यादव मधेस आन्दोलनबाट नेपाली राजनीतिमा चर्चामा आएका नेता हुन् । फोरम नेपालको अध्यक्ष हुनुअघि उनी तत्कालिन नेकपा एमाले हुँदै नेकपा माओवादी राजनीतिमा सक्रिय थिए।,यो खबर आजको राजधानीमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij