२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

निरन्तर बढ्दै सुनको मूल्य, एक महिनामै २५ सय बढ्यो

निरन्तर बढ्दै सुनको मूल्य, एक महिनामै २५ सय बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार पनि सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्य निर्धारण गर्दै तोलामा २०० रुपैयाँले सुनको भाउ बढेको जानकारी दिएको हो ।

यससँगै, छापावाल सुनको मूल्य १ हजार ५०० रूपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख रूपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० र तेजाबी सुनको मूल्य ९९ हजार ८०० रूपैयाँ थियो ।
गत साताको बिहीबारदेखि बढ्न थालेको सुनको मूल्य आज लगातार तेस्रो दिन बढेको छ । बिहीबार तोलामा ४०० र शुक्रबार ६०० रूपैयाँले बढेको थियो । यस्तै, आज तोलामा २०० रूपैयाँले बढेको छ । यस्तै, मंसिर पहिलो साताको तुलनामा २५ सय रूपैयाँले मूल्य उकालो लागेको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ९० रूपैयाँ रहेको चाँदीको भाउ आज १४ सय रूपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij