कोरोना संक्रमणका कारण चौध दिन अस्पताल बसेर घर फर्किएका एक जनामा पुन: कोरोना संक्रमण पोजेटिभ देखिएको छ।
रौतहटको इशनाथ नगरपालिकाका ती व्यक्तिमा एक्कासी ज्वरो आएपछि उनको घरमै गई स्वाबको नमुना लिएर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनमा फेरि पनि कोरोना पोजेटिभ देखिएको बताईएको छ।
भारतको दिल्लीबाट रौतहट आएका ती व्यक्ति सुरुको १४ दिन नगरपालिकाकै क्वारेन्टाइनमा बसेका थिए । त्यही क्रममा उनलाई कोरोना पोजिटिभ देखिएपछि नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जमा राखी उपचार गरिएको थियो । अस्पतालमै राखेर उपचार गरेपछि उनको टेष्ट गर्दा नेगेटिभ आएको थियो । ३ पटकसम्म नेगेटिभ रिपोर्ट आएपछि ‘कोरोनालाई जितेको’ भन्दै उनलाई वैशाख ११ गते डिस्चार्ज गरिएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij