काठमाडाैं, ५ फागुनः बुटवलको रुपन्देहीमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले प्रादेशिक एशोसिएशनका अध्यक्षहरुविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको हो ।
कार्यक्रममा एशोसिएशनहरुबाट उपस्थित पदाधिकारी तथा सदस्यज्यूहरुले विभिन्न प्रश्नहरु राखेकोमा नाडाका अध्यक्ष करण चौधरीले ती प्रश्नहरुको जवाफ दिनु भएको थियो । सो प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष चौधरीले सरकारले नाडाको आवाज सुन्न थालेको छ । सरकारले हालै अध्यादेश मार्फत ल्याइएको ऐनबाट धेरै हदसम्म हाम्रा मागँहरु सम्बाधन भएको जानकारी दिनु भयो । त्यस्तै अध्यक्ष चौधरीले मूल्यसुची समय सापेक्ष बनाउन सरकारलाई निरन्तर रुपमा आग्रह गर्दै आएको र नाडाका विभिन्न मागहरुलाई लिएर प्रधानमन्त्री कार्यालय लगायत सम्बद्ध मन्त्रालय र विभागहरुमा भेटघाट र छलफल समेत गरिरहेको बताउनु भयो ।
भर्चुअल विधिमा समेत आयोजना गरिएको सो कार्यक्रममा नाडाकातर्फबाट संस्थागत उपाध्यक्ष तेजनारायण साह, संस्थागत सदस्य कृष्णप्रसाद श्रेष्ठ तथा भद्र भण्डारी, केन्द्रीय कार्य समिति सदस्यद्धय नवराज भुषाल, प्रकाश कपुरी, सुनिल रिजाल, निलमणी पाठक मेघराज पौडेल, नारायणप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो । यस किसिमका कार्यक्रहरुले नाडा र नाडा संस्थागत (प्रदेश) एशोसिएशनहरु विचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुदै जाने विश्वास नाडाले लिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij