२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नयाँ प्रधानमन्त्री चयन सम्बन्धमा यस्तो छ संवैधानिक व्यवस्था

नयाँ प्रधानमन्त्री चयन सम्बन्धमा यस्तो छ संवैधानिक व्यवस्था

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आइतबार साँझ आह्वान गर्नुभएको छ ।

निर्वाचन परिणाम प्रतिवेदन प्राप्त भएको र समानुपातिक सांसदहरुले प्रमाणपत्र लिएलगत्तै राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

संविधानको धारा- ७६ को उपधारा- १ अनुसार कुनै दलको बहुमत नपुगेपछि राष्ट्रपति भण्डारीले उपधारा- २ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

राष्ट्रपतिले पुस १० गते साँझ ५ बजेसम्मको म्याद दिनुभएको छ ।

मंसिर ४ गते भएको निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याएनन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन बहुमतका लागि १३८ सांसद आवश्यक हुन्छ । एकल दलमात्र होइन, सत्तारुढ गठबन्धनलाई समेत बहुमत प्राप्त हुन सकेन । संसदमा नयाँ शक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीसँगै पुनर्उदय भएको राप्रपा निर्णायक छन् ।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरिरहँदा हाम्रो संवैधानिक व्यवस्था भने यस्तो रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij