२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नयाँ गतिमा फड्को मार्दै विनायक सिद्ध कलेज

नयाँ गतिमा फड्को मार्दै विनायक सिद्ध कलेज

गिरिजा खत्री । काठमाडौंको मुटु मानिने चावहिल क्षेत्रमा सञ्चालनमा रहेको विनायक सिद्ध कलेजले छोटो समयमा नै साँच्चै फड्को मार्न सफल भएको छ । स्थापना कालदेखि निरन्तर सफलताको शिखर चुम्न सफल यस कलेजमा टाढा–टाढाबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउने गर्दछन् । विद्यार्थीहरुको रोजाइमा पर्न सफल यस विनायक सिद्ध कलेजले विगतका वर्षहरुमा नै भर्ना निश्चित समयभित्रै बन्द गर्ने गरेकोले यस वर्ष पनि सिमित सिटमा भर्ना खुलेको र इच्छुक विद्यार्थी भाई बहिनीहरुले आफ्नो सिट बेलैमा सुरक्षित गरिदिनुहुन सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शुवेच्छुकहरुमा विनम्र अनुरोध गरिन्छ ।

माध्यमिक शिक्षा अन्तर्गत प्रोग्रेसिभ मा.वि. र त्रिभुवन विश्वविद्यालय अन्तर्गत विनायक सिद्ध कलेज (भिएस् कलेज)को नामले सञ्चालित यस शैक्षिक संस्थामा हाल १३०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

विद्यालय अन्तर्गत व्यवस्थापन, मानविकी, कानुन र शिक्षा संकायका कक्षाहरु सञ्चालित यस कलेजमा विश्वविद्यालय अन्तर्गत व्यवस्थापन (BBS) र मानविकी तर्फ (BA,BSW) अन्तर्गतका शैक्षिक प्रोग्रामहरु सञ्चालित रहेका छन् । निकट भविष्यमा कलेजले BBA, BHM, BCA, BBM, B.Ed, MBA/MBS का कक्षाहरु पनि सञ्चालनमा ल्याउने भएको छ । विद्यार्थीहरुको मनोविज्ञानलाई मध्येनजर गरि अध्ययन अध्यापन सञ्चालन गरिरहेको यस कलेजले कक्षा ११ र १२ तथा स्नातक तह अध्ययनरत विद्यार्थीहरुलाई भिन्दाभिन्दै भवनको व्यवस्था गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण विश्वको शिक्षा क्षेत्र लगायत विविध क्षेत्र तहसनहस भएको यो अवस्थामा नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । यस अवस्थामा पनि कलेजले आफ्ना गतिविधिलाई निरन्तरता दिएको छ ।

 वैकल्पिक शिक्षामा कलेजको जोड
यस बिषम परिस्थितिमा पनि यस संस्थाले विद्यार्थीहरुलाई अनलाइन तथा अफलाइन कक्षाहरु सञ्चालन गरी अध्ययन कार्यमा कुनै पनि अवरोध आउन दिएको छैन ।

 कोरोना बीमा गराउने पहिलो कलेज
यस संस्थाले कोरोनाको जोखिम बढेसँगै आफ्ना शिक्षक तथा विद्यार्थीको कोरोना बीमा गराएर नेपालमै कोरोना बीमा गराउने पहिलो कलेज बन्न सफल भएको छ ।

हाल देशका ७७ ओटै जिल्लाबाट यस कलेजमा विद्यार्थीको सहभागिता रहेको छ । गुणस्तरीय शिक्षालाई मूल मर्म बनाएर स्थापना भएको यस कलेजले दक्ष जनशक्ति उत्पादन गरी राष्ट्रलाई टेवा पुर्याउने लक्ष्य लिएको छ ।

पठनपाठनलाई नयाँ प्रविधिबाट अवलम्बन गरेको यस संस्थाले विद्यार्थीको बाल मनोविज्ञानलाई बुझेर पठनपाठन गराउँदै आएको छ । ‘गुणस्तरीय शिक्षा आजको आवश्यकता’ भन्ने मूल मर्मलाई आत्मसात् गरी अगाडि बढेको यस कलेजमा मनोवैज्ञानिक ढंगले शिक्षण कार्य हुँदै आएको छ । विद्यार्थीलाई रटाउने, घोकाउने भन्दा पनि विद्यार्थीको मनोविज्ञानलाई ध्यानमा राखेर अध्ययन गराउनु उपयुक्त हुने भएकोले यस्तो अभ्यास गरिएको कलेजले जनाएको छ ।

विद्यार्थीहरुलाई ‘गर र सिक’ भन्ने अवधारणामा रहेर अथवा उनीहरुलाई प्रत्यक्ष अभ्यासमा सहभागि गराएर सिक्ने सीपको विकास गराउने प्रक्रिया अवलम्बन गरेको यो संस्थाले विद्यार्थीमा रहेको प्रतिभालाई सहज रुपमा प्रकट गराउन उचित वातावरणको सृजना गरेको छ ।

 सेवामुखी भावले स्थापित कलेज 
विनायक सिद्ध कलेज एउटा सेवामुखी शिक्षण संस्था भएकाले गरिब, जेहेन्दार र गरिबीको रेखामुनी रहेका साथै विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्ने कार्यमा अग्रसर छ । काठमाडौंको पूर्वी भाग गोकर्ण, सुन्दरीजल, साँखु, जोरपाटी, थली, बौद्ध र कपन क्षेत्रका विद्यार्थीको लागि यो संस्था आशाको केन्द्र बनेको छ । देशभरबाट आउने विद्यार्थीको लागि गुणस्तरीय शिक्षामा भरपर्दो कलेजका रुपमा विश्वास जित्न सफल भएको छ ।

 शिक्षाको मूल मर्मलाई सम्बोधन गर्ने उद्देश्य 
शिक्षा नै ज्ञान हो, आत्म साक्षात्कार गराउने उज्यालो प्रकाश हो, मानवीय मर्म र ढुकढुकीको साक्षात आधार हो । विकासको सशक्त मार्ग हो । चेतनाको मूल स्रोत हो । सकारात्मक रुपान्तरणको बलियो आधार हो भन्ने कुरालाई राम्ररी बुझेर व्यावहारिक शिक्षा प्रदान गर्नमा यो कलेजका सञ्चालकहरु पनि निरन्तर लागि परेका छन् ।

शिक्षा क्षेत्रको लामो अनुभवले खारिएको ज्ञान र उत्कृष्ट चाहनालाई उपयोग गर्दै साँच्चै नै एउटा गतिलो शैक्षिक संस्था स्थापना गरी शिक्षाको माध्यमबाट समाजसेवा गर्दै सिङ्गो राष्ट्रमा टेवा पुर्याउने लक्ष्यका साथ अघि बढिरहेकोले यो संस्था शिक्षा क्षेत्रमा एउटा कोसेढुङ्गा सावित हुने सक्नेमा सरोकारवाला पक्षहरु आशावादी छन् ।

लामो अनुभवको परिणाम 
यस संस्थाका सञ्चालकहरु लामो समयदेखि शिक्षा क्षेत्रको अनुभवले खारिएका व्यक्तित्वहरु हुनुहुन्छ । शिक्षा क्षेत्रमा राम्रो प्रतिष्ठा कमाईसक्नु भएका, अनुभवी र लगनशिल शिक्षक तथा कर्मचारीले यो कलेजको प्रतिष्ठामा सुनमा सुगन्ध थप्दैै अभिभावकहरुमा दरिलो विश्वास समेत यसले प्रदान गरेको छ ।

विनायक सिद्ध कलेज काठमाडौंको शैक्षिक हवको रुपमा परिचय पाउँदै गएको चावहिल क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुसँग मैत्रीपूर्ण प्रतिष्पर्धा गर्दै तिव्र गतिमा आफ्नो पहिचान बनाउन सफल शैक्षिक संस्था ाबनेको छ । पाठ्यक्रम केन्द्रित पठनपाठनमा मात्र सीमित नरही यस संस्थाले विद्यार्थीहरुमा रहेको प्रतिभालाई पहिचान गरी प्रस्फुटन गराउन विभिन्न अतिरिक्त क्रियाकलापलाई विशेष जोड दिइरहेको छ । यस कलेजका विद्यार्थीहरुले राष्ट्रिय स्तरका विविध प्रतियोगिताहरुमा पुरस्कार हात पार्न सफल भएका छन् । खेलकुदका क्षेत्रमा होस् या नाचगान, सांस्कृतिक कार्यक्रम होस् अथवा अन्य जुनसुकै क्षेत्रमा पनि यहाँका विद्यार्थीले राम्रो प्रतिभा प्रस्तुत गर्दै आएका छन् ।

आफूहरुले बाल मनोवैज्ञानिक, सहभागितामूलक र सिर्जनात्मक शिक्षालाई अवलम्बन गरेर शिक्षण गर्दै आएको कारण व्यवस्थापन पक्षको चाहना बमोजिम नै उपलब्धि हासिल हुन सकेको समेत कलेजले जनाएको छ ।
यस कलेजमा विद्यार्थीहरु बढी भन्दा बढी सामाजिक कार्यमा पनि सहभागी हुँदै व्यावहारिक शिक्षा प्राप्त गर्न सफल भएका छन् । जुन समयको आवश्यकता पनि हो । आधुनिक शिक्षा पद्धति अनुसार शिक्षा व्यावहारिक हुनुका साथै भोलिका दिनमा बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने खालको हुनुपर्दछ भन्ने मान्यतालाई विनायक सिद्ध कलेजले हृदयङ्गम गरिरहेको छ ।

 

 कलेजका अन्य विशेषताहरु 
पठनपाठनमा प्रविधि र मल्टिमिडियाको प्रयोग गर्दै आएको यस कलेजले विद्यार्थीलाई कम्प्यूटर शिक्षा अनिवार्य रुपमा प्रदान गर्दै आएको छ । विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षामा बढी जोड दिँदै, पढ्नुमात्र सबै थोक नभएर पढेका कुरालाई व्यवहारमा उतार्नु र एउटा कर्तव्यनिष्ठ एवं जिम्मेवार नागरिक तयार गरी राष्ट्रोन्नतिमा उनीहरुलाई समर्पित गराउन सकेमात्र आफूहरुको उद्देश्य पूरा हुन सक्ने कलेज व्यवस्थापन पक्षको अभिलाषा रहेको छ ।

आफ्नो उज्ज्वल भविष्यको सपना साकार पार्न र जीवनलाई परिणाममुखी बनाउन विनायक सिद्ध कलेजलाई रोज्ने विद्यार्थीहरुले मध्यम शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन् ।

सीमित सिटमा मात्र विद्यार्थी भर्ना लिने यस कलेजले जति सक्दो चाँडो भर्ना भई आफ्नो सिट सुरक्षित राख्न आग्रह समेत गरेको छ । समयमा सोचेर, हेरेर, विचार गरेर कलेज भित्र प्रवेश गरी त्यहाँको वातावरण बुझेर मात्र निर्णय लिन समेत कलेज परिवार विद्यार्थीहरुलाई आग्रह गर्दछ । सबै किसिमका आवश्यकताहरु पूरा गर्न सक्षम यो कलेज मध्यमस्तरीय व्यक्तिहरुको असल भविष्य निर्माणको लागि उपयुक्त गञ्तव्य बन्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij