२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

धमाधम मिडिया हाउसले पत्रकार निकाल्न थाले पछि विभिन्न संगठनद्धारा आन्दोलनको चेतावनी

धमाधम मिडिया हाउसले पत्रकार निकाल्न थाले पछि विभिन्न संगठनद्धारा आन्दोलनको चेतावनी

काठमाण्डौं । कोरोना माहामारी देखाउदै मिडिया हाउसहरुले धमाधम श्रमजीवी पत्रकारलाई पेशाबाट निकाल्ने, बेतलवी विदा बस्न दवाव दिने र राजीनामा दिन बाध्य पारेको भन्दै विभिन्न पत्रकार सगंठनहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रेस संगठन,प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघ,जनपत्रकार संगठन,प्रगतिशील पत्रकार संगठन,प्रेस नेपाल, प्रेस संगठन नेपाल, मधेशी पत्रकार समाज,लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाज मिडिया नेपाल लगायतका पदाधीकारी तथा नेतृत्वहरुले आज एक साझा विज्ञप्ति प्रकाशित गरी यस्तो चेतावनी दिएका हुन् ।

साथै ती संगठनहरुले महासंघले सञ्चारगृहहरुलाई दिएको अल्टिमेटम र सरोकारवालाहरुसगँ गरेको छलफल र पहललाई पनि सकारात्मक रुपमा लिएका छन् ।

एक दर्जन बढी मिडिया हाउसमा गंभीर समस्या देखिएको भन्दै उनीहरुले श्रमजीवी ऐन विपरीतका काम बन्द गर्न माग गरेका छन् ।

साथै माहामारीका कारण बन्द हुन पुगेका स्वरोजगारमुखि तथा साना मिडिया र श्रमजीवी पत्रकारहरुका लागि आवधिक राहत प्याकेज ल्याउन पनि संगठनहरुले माग गरेका छन् ।

यी मागहरु पुरा नभए शसक्त आन्दोलन मार्फत दवाव दिने र त्यसको जिम्मेवार स्वयं मिडिया मालिकहरु हुनु पर्ने विज्ञप्तिमा चेतावनी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij