२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

देशका विद्यमान समस्या हल गर्न सबैभन्दा ठूलो जिम्मेवारी कांग्रेसले लिनुपर्छ : कांग्रेस महामन्त्री  

देशका विद्यमान समस्या हल गर्न सबैभन्दा ठूलो जिम्मेवारी कांग्रेसले लिनुपर्छ : कांग्रेस महामन्त्री  

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको समस्याको हल गर्ने सबैभन्दा ठूलो जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताएका छन्।

आइतबार ‘मिश्रित निर्वाचन प्रणाली’ विषयक विवेचनात्मक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा मात्र ठूलो नभएर देशको समस्याको हल गरेर ठूलो जिम्मेवारी लिनुपर्ने बताएका हुन्।

‘नेपालको सबैभन्दा ठूलो दल हुने सुविधा हामीले त्यसै पाउँदैनौं। ठूलो दल भनेको संसदमा मात्र ठूलो भएर हुँदैन,’ उनले भने, ‘देशको समस्याको हल गर्ने ठूलो जिम्मेवारी पनि हामीले लिनुपर्छ। त्यसकारणले मात्र हामी ठूलो हो। हाम्रो जिम्मेवारी पनि त्यहीँ अनुसारको छ।’

उनले पार्टीमा अलमल र आशंका गर्ने छुट कसैलाई नभएको बताए। उनले आन्दोलनबाट स्थापित गरेको समावेशीता, समानुपातिक प्रतिनिधित्व, महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व कहिले नघट्ने बताए।

‘हामीले हाम्रो आन्दोलनबाट स्थापित गरेको समावेशीता समानुपातिक प्रतिनिधित्वो, महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व बढ्छ तर घट्दैन,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij